6 months ago
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए ।
उनले ९७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन बनाएका थिए । प्रसिद्धले सिंगापुरका लागि अर्धशतक बनाएर खेलिरहेका कप्तान रियन नायकको क्याच समेत लिएका थिए । १ ओभर बलिङ समेत गरेका प्रसिद्धले ७ रन खर्चिएर कुनै विकेट लिन सकेका थिएनन् ।
१ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]