default_image

6 months ago

June 22, 2025

नेपाली टोली आज स्वदेश फर्कदै

886 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्कदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली अपरान्ह ४ः४५ बजे स्वदेश आइपुग्नेछ । नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको हो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको थियो ।

नेपाली टोलीले तयारीका क्रममा युकेमा खेलिएको ५ वटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो ।

स्कटल्याण्डमा लिग टु का खेल अघि स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा पराजित नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

त्यसपछि भएको नेदरल्याण्ड्स र घरेलु टोली रहेको लिग टु का ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भयो । ३ देश सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा २ जितका साथ नेपाल दोस्रो भयो ।

यस पछि टि ट्वान्टी विश्वकपको तयारीका लागि नेपालको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.