6 months ago
June 23, 2025
एजेन्सी – तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ ।
पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो । आइतवार दोस्रो इनिङको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । भारत ९६ रनले अगाडि छ ।
दोस्रो इनिङमा भारतका साई सुदर्शन ३० रन जोडे ।यशस्वी जैसवाल ४ रनमा आउट भए । केएल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा अविजित छन् । पहिलो इनिङमा इङ्ग्याण्ड ४ सय ६५ रन बनाएको थियो ।
ओली पोपले सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । बेन डकेट ६२, ह्यारी ब्रुक ९९, जेमी स्मिथ ४०, क्रिस वोक्स ३८ तथा जो रुट २८ रनमा आउट बनाए ।
भारतका बुमराहले २४.४ ओभरमा ८३ रन खर्चिएर ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो। पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]