default_image

6 months ago

June 23, 2025

बुमराहको ५ विकेटमा भारतको सामान्य अग्रता

1207 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ ।

पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो । आइतवार दोस्रो इनिङको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । भारत ९६ रनले अगाडि छ ।

दोस्रो इनिङमा भारतका साई सुदर्शन ३० रन जोडे ।यशस्वी जैसवाल ४ रनमा आउट भए । केएल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा अविजित छन् । पहिलो इनिङमा इङ्ग्याण्ड ४ सय ६५ रन बनाएको थियो ।

ओली पोपले सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । बेन डकेट ६२, ह्यारी ब्रुक ९९, जेमी स्मिथ ४०, क्रिस वोक्स ३८ तथा जो रुट २८ रनमा आउट बनाए ।

भारतका बुमराहले २४.४ ओभरमा ८३ रन खर्चिएर ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो। पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.