default_image

6 months ago

June 25, 2025

टि ट्वान्टी आई वरीयतामा सन्दीपको छलाङ

2705 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टि ट्वान्टी आई वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको टि ट्वान्टी आईको पछिल्लो बलिङ वरीयतामा सन्दीप ७५औं स्थानमा रहेका छन् ।

सन्दीपले ४१ स्थानमाथि उक्लिएर त्यो स्थान पुगेका हुन् । टि ट्वान्टी आई कै बलिङ वरियतामा २९ स्थान सुधार गर्दै अर्का नेपाली बलर ललितनारायण राजवंशी ५४औं स्थानमा छन् ।

अर्का बलर दीपेन्द्रसिंह ऐरी १ स्थान तल झरेर ८१औं स्थानमा छन् । टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा छन् ।

टि ट्वान्टी आईको अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा कायमै रहेका छन् । नेपाली टिमका कुशल भुर्तेल ६ स्थानमाथि उक्लिएर ३२औं तथा गलशन झा ६१औं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.