5 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टि ट्वान्टी आई वरीयतामा छलाङ मारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको टि ट्वान्टी आईको पछिल्लो बलिङ वरीयतामा सन्दीप ७५औं स्थानमा रहेका छन् ।
सन्दीपले ४१ स्थानमाथि उक्लिएर त्यो स्थान पुगेका हुन् । टि ट्वान्टी आई कै बलिङ वरियतामा २९ स्थान सुधार गर्दै अर्का नेपाली बलर ललितनारायण राजवंशी ५४औं स्थानमा छन् ।
अर्का बलर दीपेन्द्रसिंह ऐरी १ स्थान तल झरेर ८१औं स्थानमा छन् । टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा छन् ।
टि ट्वान्टी आईको अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा कायमै रहेका छन् । नेपाली टिमका कुशल भुर्तेल ६ स्थानमाथि उक्लिएर ३२औं तथा गलशन झा ६१औं स्थानमा छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]