default_image

9 years ago

March 5, 2017

भारतविरुद्ध अष्ट्रेलियाको बलियो प्रदर्शन जारी

178 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल  ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ।

CRICKET-IND-AUS

दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले ३३ रन बनाए। अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ८ रन जोडे भने ओपनर म्याट रेन्सले ६० रनको सम्हालिएको इनिङ खेले। पिटर ह्यान्ड्सकम्बले १६ रन जोड्दा मिचेल मार्स खाता नखोली पेभेलियन फर्किए।

दोश्रो दिनको खेलको अन्त्य नजिकिदै गर्दा उत्कृष्ट लयमा देखिएका सन मार्शपनि पेभेलियन फर्किए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका मार्शले १९७ बलमा ४ चौकाको मद्दतले सर्वाधिक ६६ रन बनाएका थिए। दिनको खेल समापन हुँदा माथ्यु वेड २५ रनमा र मिचेल स्टार्क १४ रनमा अविजित छन्। भारतका लागि रबिन्द्र जडेजाले ३ विकेट लिए भने इशान्त शर्मा, रविचन्द्रन आश्विन र उमेश यादवले समान १/१ विकेट लिए।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.