9 years ago
March 6, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्टको तेश्रो दिन भारतले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाएको छ तेश्रो दिनमा भारतले अष्ट्रेलियालाई अलआउट गर्दै आफ्नो ब्याटिङमा राम्रो सुरुवात गरेको हो।

तेश्रो दिनको खेल २३७/६को स्थितिमा सुरु गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङमा २७६ रन जोड्दै अलआउट भयो। अष्ट्रेलियालाइ अलआउट गर्न जडेजाले दिनको पहिलो सत्रमै तिन विकेट लिएका थिए। पछिल्लो दिन क्रिजमा रहेका मिचेल स्टार्क २६ र म्याथु वेड ४० रनमा आउट भएका थिए।
दोश्रो इनिङको सुरुवात गरेका लागि पहिलो इनिङमा ९० रन बनाएका ओपनर लोकेश राहुलले ५१ रन बनाए। अर्का ओपनर अभिनव मुकुन्द (१६) र विराट कोहली (१५) फेरी पनि भारतीय समर्थकहरुलाई निराश बनाएका थिए। ब्याटिङ अर्डरमा माथि आएका रबिन्द्र जडेजा २ रनमा आउट भए।
दिनको खेल सकिंदा भारत २१३/४को सुदृध अवस्थामा छ भने उच्ले समग्रमा १२६ रनको अग्रता बनाएको छ। भारतका लागी चेतेश्वर पुजार ७९ र अजिंक्या रहाने ४० रन बनाएर क्रिजमा डटिरहेका छन्।
पहिलो टेष्टमा ३३३ रनको भरि पराजय भोगेको भारत दोश्रो टेष्टमा पुनरागमन लिने दाउमा छ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]