default_image

4 months ago

July 26, 2025

एनपिएल २ – खेलाडी अक्सन यसै महिना

1498 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो ।

क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

दर्ता भएका सबै खेलाडीको नाम सबै ८ फ्रेन्चाइजी टोलीलाई पठाइसकेको क्यानले बताएको छ ।

एनपिएलमा सहभागी रहने ८ टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सुची केही दिनमा जारी गरिने क्यानले बताएको छ ।

क्यानले दोस्रो संस्करणको सिद्धार्थ बैंक एनपिएल नोभेम्बर डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधी जितेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.