4 months ago
July 27, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिजको चौथो खेलमा पनि जित हासिल गरेको छ ।
सेन्ट किट्स एण्ड नेभिसमा आइतवार अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हरायो । ५ टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले ४-० को अग्रता बनाएको छ ।
२ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । ग्लेन म्याक्सवेल र जोस इङ्ग्लिसले अर्धशतक बनाए । ग्रिन ३५ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५५ रनमा अविजित रहे ।
इङग्लिस ३० बलमा १० चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर ग्लेन म्याक्सवेल १८ बलमा १ चौका र ६ छक्काको सहयोगमा ४७ तथ आरोन हार्डी १६ बलमा २३ रनमा आउट भए ।
वेस्ट इण्डिजका जिडिआ ब्लाड्सेले ३ तथा जेसन होल्डर, रोमारियो शेर्फड र अकिल होसेनले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि शेरफन रादरफर्डले १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३१ रन बनाए । रोभमन पावेल र रोमारियो शेफर्ड समान २८, जेसन होल्डर २६ तथा ओपनर ब्राण्डन किंग १८ रनमा आउट भए ।
अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा आरोन हार्डी, जेभियर ब्राट्ली र सन एबोटले समान २ विकेट लिए । पाँचौ तथा अन्तिम टि ट्वान्टी आई मंगलवार हुनेछ छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]