5 months ago
July 28, 2025
एजेन्सी – युगान्डाले घरेलु भूमीमा टि ट्वान्टी आई सिरिज जितेको छ।
टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो ।
६ टाेली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो ।
१ सय ७१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
युएईका लागि इथान डिसोजाले १७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३२ रन बनाए । ओपनर मोहम्मद जुहिब २८ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए ।
कप्तान मोहम्मद वासिम २५ तथा राहुल चोपरा २२ रन जोडे । युगान्डाका दिनेश नकर्नी तथा फ्रान्क नसुबुङ्गाले समान २ तथा अल्पेस रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।
युगान्डाका अल्पेश रामजानी र राजिभ धवनले अर्धशतक बनाए । रामजानी ३४ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रन बनाए ।
धवनले ४१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडे । ओपनर श्रीदिप मन्गेला १० रनमा आउट भए ।
युएईका लागि हैदर अलि र आकिफ राजाले समान २ तथा मोहम्मद रोहिद, सागिर खानले समान १ विकेट लिए ।
युगान्डा सिरिजमा खेलेको ६ खेलमै विजयी भयो । आइसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]