4 months ago
July 28, 2025
एजेन्सी – युगान्डाले घरेलु भूमीमा टि ट्वान्टी आई सिरिज जितेको छ।
टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो ।
६ टाेली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो ।
१ सय ७१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
युएईका लागि इथान डिसोजाले १७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३२ रन बनाए । ओपनर मोहम्मद जुहिब २८ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए ।
कप्तान मोहम्मद वासिम २५ तथा राहुल चोपरा २२ रन जोडे । युगान्डाका दिनेश नकर्नी तथा फ्रान्क नसुबुङ्गाले समान २ तथा अल्पेस रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।
युगान्डाका अल्पेश रामजानी र राजिभ धवनले अर्धशतक बनाए । रामजानी ३४ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रन बनाए ।
धवनले ४१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडे । ओपनर श्रीदिप मन्गेला १० रनमा आउट भए ।
युएईका लागि हैदर अलि र आकिफ राजाले समान २ तथा मोहम्मद रोहिद, सागिर खानले समान १ विकेट लिए ।
युगान्डा सिरिजमा खेलेको ६ खेलमै विजयी भयो । आइसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]