default_image

4 months ago

August 2, 2025

दोस्रो दिन बलर हाबी

753 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्ड र भारतबीचको चौथो टेस्टको दोस्रो दिन बलरहरु हाबी भएका छन् ।

ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्टमा बलरहरु हाबी हुँदा दोस्रो दिन १५ विकेट खसेको हो । दोस्रो दिन शुक्रवारको सुरुवातमै भारतले पहिलो इनिङको बाँकी ४ विकेट गुमाएको थियो ।

त्यसपछि आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोली २ सय ४७ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ सुरु गरेको भारतले दिनको समाप्तिमा २ विकेट गुमाइसकेको छ ।

भारत पहिलो इनिङमा २ सय २४ रनमा समेटिएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा २३ रनको अग्रता लिएको थियो ।

पहिलो इनिङमा घरेलु टोलीका लागि ओपनर ज्याक क्रलीले १४ चौकाको सहयोगमा ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

ह्यारी ब्रुक ५३, बेन डकेट ४३, जो रुट २९ तथा कप्तान ओली पोप २२ रनमा आउट भएका थिए । क्रिस वोक्स बलिङका क्रममा चोट बोकेका कारण ब्याटिङमा गरेनन् ।

भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान ४ तथा आकाश दिपले १ विकेट लिए ।

दोस्रो दिनको अन्तिमसम्म भारतले २ विकेट गुमाएर ७५ रन जोडेको छ । उसका ओपनर यशस्वी जैसवाल ५१ र आकाश दिप ४ रनमा अविजित छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.