4 months ago
August 3, 2025
एजेन्सी – कप्तान एबी डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको उपाधि जितेको छ ।
इङ्ग्ल्याण्डको बर्मिङ्घममा शनिवार भएको फाइनलमा पाकिस्तान च्याम्पियन्सलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो ।
१ सय ९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर डिभिलियर्सले ६० बलमा १२ चौका र ७ छक्कासहित अविजित १ सय २० रनको शतकीय इनिङ खेले ।
प्रतियोगितामा डिभिलियर्सको छैटौं खेलमा यो तेस्रो शतक हो । उनले पहिलो विकेटका लागि अर्का ओपनर हसिम अम्लासँग ३६ बलमा ७२ को साझेदारी गरे ।
अम्ला १४ बलमा २ चौकासहित १८ रन बनाए । डिभिलियर्स र जेपी डुमीलीले दोस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे ।
डुमिनी २८ बलमा ४ चौका र २ छक्काका साथ ५० रनको अर्धशतक बनाउँदै अविजित रहे । पाकिस्तान च्याम्पियन्सका सइद अजमलले सान्त्वना १ विकेट लिए । पाकिस्तानले ७ बल प्रयोग गरेको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तान च्याम्पियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।
ओपनर शर्जिल खानले ४४ बलमा ९ चौका र ४ छक्कासहित ७६ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए ।
उमर अमिन १९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३६ रनमा अविजित रहे । आसिफ अली १५ बलमा २८, शोयब मल्लिक २० तथा कप्तान मोहम्मद हाफिज १७ रनमा आउट भए ।
दक्षिण अफ्रिका च्याम्पियन्सका लागि हिर्डुस भिल्जोन र वाइन पार्नेलले समान २ तथा डुनी ओलीभरले १ विकेट आफ्नो नाममा गरे ।
इण्डियन्स च्याम्पियन्सले सेमिफाइनल नखेले पछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अंकको आधारमा फाइनल पुगेको थियो । दक्षिण अफ्रिका च्याम्पियन्सले सेमिफाइनलमा अस्ट्रेलिया च्याम्पियन्सलाई हराएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]