default_image

9 years ago

March 7, 2017

भारतको शानदार जित

156 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो।

Ravichandran Ashwin

चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको ९२ र अजिंक्या रहानेको ५२ रनको मद्दतले दोश्रो इनिङमा २७४ रन बनायो। यससंगै अष्ट्रेलियाले जितका लागि १८८ रनको लक्ष्य पाएको थियो। अष्ट्रेलियाका लागि तेज बलर जोश हेजलवुडले ६ विकेट लिएका थिए भने स्टिभ ओ’किफ र मिचेल स्टार्कले २/२ विकेट लिए।

लगातार दुई टेष्टमा जित दर्ता गर्ने लक्ष्य लिएर ब्याटिङमा उत्रेको अष्ट्रेलियाले नियमित विकेट गुमाएपछि जितबाट टाढा हुँदै गएको थियो। अष्ट्रेलियाले जम्मा ११२ रन जोड्दै आफ्नो सबै विकेट गुमेको थियो। उसका लागि कप्तान स्टिभ स्मिथले २८ र पिटर ह्याण्डस्कम्बले २४ रनबनाउनु बाहेक अन्य कसैले २० रन पार गर्न सकेनन्।

भारतका लागि रविचन्द्रन आश्विनले ६ विकेट र उमेश यादवले २ विकेट लिए। इशान्त शर्मा र रबिन्द्र जडेजाको नाममा पनि १/१ विकेट रह्यो। खेलको म्यान अफ द म्याच भारतीय ओपनर लोकेश राहुल भए। उनले पहिलो इनिङमा ९० र दोश्रोमा ५२ रन बनाउदै उत्कृष्ट ब्याटिङ गरेका थिए।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.