default_image

4 months ago

August 10, 2025

क्रिकेट टोलीलाई ऐतिहासिक रकममा जर्सी प्रायोजन

743 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक २ करोड ३६ लाख क्यानलाई उपलब्ध गराउनेछ। सम्झौता ३ वर्षको लागि भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

नेपाली खेलकुदमा नै जर्सी प्रायोजनको यो अहिलेसम्मकै सर्वाधिक रकम हो। यसअघि क्यानले माई सेकेन्ड टिचरसँग वार्षिक ७७ लाखको सम्झौता गरेको थियो।

यो सम्झौता राष्ट्रिय सिनियर पुरुष टोलीको लागि मात्र भएको पनि क्यानका प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।

सम्झौतापछि नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले यो सम्झौता मात्र नभएर नेपाली क्रिकेट प्रतिको प्रतिबद्धता भएको बताए। नेपाली क्रिकेटसँग जोडिन पाउनु नासाको लागि गर्वको विषय भएको भन्दै उनले भने,’ यो सुरुवात मात्र हो, नेपाली क्रिकेट विकासको लागि भविष्यमा नासा थप उत्साहका साथ अगाडी बढ्ने छ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो सम्झौताप्रति खुशी व्यक्त गरे। उनले नेपाली खेलकुदमा क्यान लिडिङ संघ भएको पनि जिकिर गरे।

क्यान अध्यक्ष चन्दले यो सम्झौताको लागि नासालाई धन्यवाद दिए। उनले नेपाली टोलीका खेलाडीलाई क्यान क्रिकेट विकासको लागि ठूल ठूला काममा लागेको र खेलाडीलाई क्यान भित्रको सानातिना राजनीतिमा नफस्न पनि आग्रह गरे।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीक नयाँ जर्सी सार्वजनिक गरिएको छ। जर्सीको अगाडि नासा लेखिएको छ।

कार्यक्रममा टप एण्ड टि-ट्वान्टी सिरिजमा भाग लिन जाने क्रिकेट टोलीलाई बिदाई गरिएको छ। टोली भोलि राति अष्ट्रेलिया जानेछ। सिरिज अष्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्मा हुनेछ। जहाँ ११ टिमबीच प्रतिस्पर्धा हुनेछ।

यो सिरिज टी-ट्वान्टी विश्व कप छनोटको तयारीको लागि महत्वपूर्ण रहने कप्तान रोहित पौडेलले बताए।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.