default_image

4 months ago

August 10, 2025

क्रिकेट टोलीलाई ऐतिहासिक रकममा जर्सी प्रायोजन

747 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक २ करोड ३६ लाख क्यानलाई उपलब्ध गराउनेछ। सम्झौता ३ वर्षको लागि भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

नेपाली खेलकुदमा नै जर्सी प्रायोजनको यो अहिलेसम्मकै सर्वाधिक रकम हो। यसअघि क्यानले माई सेकेन्ड टिचरसँग वार्षिक ७७ लाखको सम्झौता गरेको थियो।

यो सम्झौता राष्ट्रिय सिनियर पुरुष टोलीको लागि मात्र भएको पनि क्यानका प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।

सम्झौतापछि नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले यो सम्झौता मात्र नभएर नेपाली क्रिकेट प्रतिको प्रतिबद्धता भएको बताए। नेपाली क्रिकेटसँग जोडिन पाउनु नासाको लागि गर्वको विषय भएको भन्दै उनले भने,’ यो सुरुवात मात्र हो, नेपाली क्रिकेट विकासको लागि भविष्यमा नासा थप उत्साहका साथ अगाडी बढ्ने छ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो सम्झौताप्रति खुशी व्यक्त गरे। उनले नेपाली खेलकुदमा क्यान लिडिङ संघ भएको पनि जिकिर गरे।

क्यान अध्यक्ष चन्दले यो सम्झौताको लागि नासालाई धन्यवाद दिए। उनले नेपाली टोलीका खेलाडीलाई क्यान क्रिकेट विकासको लागि ठूल ठूला काममा लागेको र खेलाडीलाई क्यान भित्रको सानातिना राजनीतिमा नफस्न पनि आग्रह गरे।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीक नयाँ जर्सी सार्वजनिक गरिएको छ। जर्सीको अगाडि नासा लेखिएको छ।

कार्यक्रममा टप एण्ड टि-ट्वान्टी सिरिजमा भाग लिन जाने क्रिकेट टोलीलाई बिदाई गरिएको छ। टोली भोलि राति अष्ट्रेलिया जानेछ। सिरिज अष्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्मा हुनेछ। जहाँ ११ टिमबीच प्रतिस्पर्धा हुनेछ।

यो सिरिज टी-ट्वान्टी विश्व कप छनोटको तयारीको लागि महत्वपूर्ण रहने कप्तान रोहित पौडेलले बताए।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.