default_image

4 months ago

August 10, 2025

क्रिकेटर ललितलाई मातृ शोक

660 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशलाई मातृ शोक परेको छ ।

ललितकी‌ आमा ६० वर्षिय शुभकुमारी राजवंशीको‌ आइतवार विराटनगरस्थित घरमा निधन भएको हो ।

उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ। राजवंशीको आजै दाहसंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ।

ललित शनिवार भएको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन हेर्न पुगेका थिए। उनी एनपिएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सबाट दोस्रो संस्करण खेल्नेछन्। जनकपुर उनीसहित ७ खेलाडीलाई रिटेन गरेको थियो।

अस्ट्रेलियाको डार्विनमा यसै हप्ता सुरु हुने टप एण्ड टि ट्वान्टी सिरिजमा ललितको ठाउँमा शाहब आलमलाई राष्ट्रिय क्रिकेट टोलीमा समेटिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले राजवंशीको निधनप्रति दुःख व्यक्त गरेको छ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.