4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशलाई मातृ शोक परेको छ ।
ललितकी आमा ६० वर्षिय शुभकुमारी राजवंशीको आइतवार विराटनगरस्थित घरमा निधन भएको हो ।
उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ। राजवंशीको आजै दाहसंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ।
ललित शनिवार भएको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन हेर्न पुगेका थिए। उनी एनपिएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सबाट दोस्रो संस्करण खेल्नेछन्। जनकपुर उनीसहित ७ खेलाडीलाई रिटेन गरेको थियो।
अस्ट्रेलियाको डार्विनमा यसै हप्ता सुरु हुने टप एण्ड टि ट्वान्टी सिरिजमा ललितको ठाउँमा शाहब आलमलाई राष्ट्रिय क्रिकेट टोलीमा समेटिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले राजवंशीको निधनप्रति दुःख व्यक्त गरेको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]