default_image

2 months ago

September 27, 2025

नेपाल पहिले ब्याटिङमा, सन्दीप प्लेइङमा परेनन्

472 views

0 Bookmark

शारजाह (हाम्रो खेलकुद)- नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

शारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले वेस्ट इन्डिजले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। यो सँगै नेपाल पहिले ब्याटिङमा उत्रनेछ।

यो खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने बेन्चमा छन्। ललित नारायण राजवंशीलाई प्रशिक्षक स्टुवार्ट लले प्लेइङ‌ इलेभेनमा स्थान दिएका छन्।

कप्तान रोहिल पौडेलको नेतृत्वमा रहने नेपाली टोलीको प्लेइङ‌ इलेभेन यस प्रकार छ।

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा,कुशल मल्ल, गुलशन झा, करण केसी, सोम्पाल कामी,नन्दन यादव, ललित नारायण राजबंशी

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.