default_image

2 months ago

September 29, 2025

भारतले एसिसी अध्यक्षबाट एसिया कप ट्रफी लिन अस्वीकार गर्यो

1685 views

0 Bookmark

एजेन्सी – पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले दुबईमा आइतवार राति एसिया कप क्रिकेटको उपाधि जित्यो।

तर जितेपछि हुने ट्रफी वितरण समारोहमा भारतीय टोलीले ट्रफी लिन अस्वीकार गर्‍यो। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी ग्रहण गर्ने कार्यक्रम तय भए पनि भारतीय टोलीले त्यसलाई अस्वीकार गरेको हो।

नक्वी पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष र पाकिस्तानका गृहमन्त्रीसमेत भएकाले भारतले राजनीतिक कारण देखाउँदै यस्तो निर्णय लिएको बताइएको छ।

खेल राति १०:३० बजे सकिए पनि ट्रफी वितरण समारोह करिब एक घण्टा ढिलो भयो। समारोह सुरु भएपछि भारतीय खेलाडीले व्यक्तिगत पुरस्कार अरु पदाधिकारीबाट मात्र ग्रहण गरे ।

तर खेलाडीले नक्वीलाई अभिवादन गरेनन्। पाकिस्तानका कप्तान सलमान आघाले भने उपविजेताको चेक नक्वीबाट लिए।

समारोहपछि भारतीय कप्तान सूर्यकुमार यादवले पत्रकार सम्मेलनमा भने, ‘च्याम्पियन टोलीलाई यसरी ट्रफी नदिएको घटना मैले पहिलो पटक देखेको हुँ। हामीले मेहनत गरेर जितेका हौं, त्यसैले यसको हकदार पनि हामी नै हौं।’

समारोहमा वास्तविक ट्रफी प्रस्तुत नगरिएपछि भारतीय खेलाडीले पोडियममा उभिएर काल्पनिक ट्रफी उचाल्दै जितको खुसी मनाए।

भारतले यसअघि नै नक्वीबाट ट्रफी नलिने अडान लिएको थियो। प्रतियोगिता भर पाकिस्तानसँग खेल्दा उनीहरूले हात मिलाउन अस्वीकार गरेका थिए।

सुपर फोर चरणमा दुवै टोलीबीच वाकयुद्ध पनि भएको थियो। यस क्रममा सूर्यकुमार र पाकिस्तानका हारिस रउफलाई जरिवाना गरिएको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.