default_image

2 months ago

September 29, 2025

नेपाल ब्याटिङ गर्दै, आदिल खेल्ने

301 views

0 Bookmark

शारजहा (हाम्रो खेलकुद)- वेस्ट इण्डिज विरुद्धको ऐतिहासिक युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आज नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ

शारजाह क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे। पहिलो खेलमा पनि वेस्ट इण्डिजले टस जितेर पहिला फिल्डङ गरेको थियो।

आज प्रशिक्षक स्टुवार्ट लले प्लेइङ इलेभेनमा पहिलो खेलको टोली १ परिवर्तन गरेका छन्। चोटका कारण नन्दन यादवलाई विश्वाम दिंदै उनको स्थानमा आदिल अलामलाई मौका दिएका छन्। आदिलको लागि यो अवसर पनि हो। सन्दीप लामिछाने आज पनि खेल्ने छैनन्।

पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै इतिहास रचेको थियो। नेपाल ३ खेलको सिरिजमा १-० ले अगाडि छ। आज जित निकालेको खण्डमा नेपालले सिरिज नै जित्नेछ।

नेपालको प्लेइङ इलेभेन

रोहित कुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी र ललित नारायण राजवंशी ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.