default_image

2 months ago

September 30, 2025

अलराउन्डर आदिलको सानदार पुनरागमन

1243 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद)- युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले एक खेलअघि सिरिज जितेको ।

टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ। साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार पुनरागमन खेल बन्यो।

प्रतिबन्ध फुकुवा भएपछि आदिल पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे। अनि आजको खेलमा प्रशिक्षक स्टुवार्ट लले घाइते नन्दन यादवको स्थानमा आदिललाई मौका दिए।

३ वर्षपछि राष्ट्रिय टिमको लागि खेल्न पाएको मौकालाई अवसरमा बदल्न आदिल सफल रहे। १९ ओभर १ बलमा गुलशन झा आउट भएपछि ५ बल बाँकी छँदा आदिल क्रिजमा छिरे।

३ वर्ष पछि पहिलो पटक राष्ट्रिय टोलीको लागि आदिल मैदान प्रवेश गरे। आत्मविश्वासी आदिलले ५ बल खेल्दै १ छक्का र १ चौका सहित ११ रन जोडे।

त्यसपछि बलिङमा उनको जादु चल्यो। ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट लिए। यो तथ्याङ्कले पनि उनको कमब्याक सानदार रहेको पुष्टि गर्छ। आजको खेलमा उनले सर्वाधिक विकेट लिए।

२०७९ सालको मंसिरमा टियु मैदनामा भएको नेपाल टि-ट्वान्टी क्रिकेट लिगमा आदि माथि स्पट फिक्सिङको आरोप लागेको थियो। सो आरोपले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो।

काठमाडौं जिल्ला अदालतले २०८० को चैतमा उनलाई सफाई दिएको थियो। यसपछि क्यानको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गर्यो। २०८२ वैशाख २१ गते देखि लागु हुने गरी क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको थियो।

प्रतिबन्ध फुकुवापछि नेपाल ‘ए’ टिम हुँदै उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका यात्रा हुन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.