default_image

2 months ago

September 30, 2025

नेपालले ब्याटिङ गर्ने, ३ खेलाडी परिवर्तन

1260 views

0 Bookmark

शारजहा (हाम्रो खेलकुद)- वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्ने भएको


वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो।

हिजो दोस्रो खेलमा टस जितेका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका थिए। एतिहासिक सिरिज नेपालले जितिसकेको छ।

अघिल्लो खेलको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको छ। आजको खेलमा आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा छन् ।

सन्दीप लामिछाने अघिल्लो २ खेलमा जस्तै टोलीमा छैनन्। प्रशिक्षक स्टुवार्ट ल बाहेक नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप आफैले नखेल्नुको कारण बताएको छैनन् ।

आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई आराम दिइएको छ। पहिलो खेलमा नेपाल १९ र दोस्रोमा ९० रनले विजयी भएको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.