default_image

2 months ago

September 30, 2025

वेष्टइण्डिजलाई क्लिनस्वीपबाट बच्न नेपालको मध्यम लक्ष्य

391 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो ।

नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए ।

सुरुवाती दुई खेल जितेको नेपालले तेस्रो खेलमा कुशल मल्ल र कुशल भुर्तेललाई ओपनिङ पठाएको थियो । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिदा कुशल मल्ल ओपनिङमा आएका थिए । यी दुई ओपनरले पहिलो विकेटलाई ७ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । मल्ल जेसन होल्डरको बलमा एज लागेर विकेटकिपर अमिर जांगोबाट २१ बलमा १ चौकासहित १२ रनमा आउट भए ।

कप्तान रोहित पौडेल १९ बलमा १ छक्कासहित १७ रनमा एज लागेर विकेटकिपरबाट नै क्याच आउट भए ।

गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलम ३, सोमपाल कामी ४, करण केसी डक र सन्दीप जोरा १४ रनमा आउट भए ।

वेष्टइण्डिजका रमन सिमाण्ड्सले ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । जेडिवाह ब्लाड्सले ३.५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नेपालले पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो । तीन खेलको सिरिजमा नेपाल आजको खेल जितेको क्लिनस्वीप गर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.