2 months ago
October 1, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ।
नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ।
टोली प्रमुख बलर सन्दीपले महत्वपूर्ण खेल अगाडि नखेल्ने भनेपछि टिम म्यानेजमेन्ट, खेलाडी तथा समग्र नेपाली क्रिकेटमै गम्भिर असर गरेको भन्दै सिरिजको बाँकी दुई खेलमा टिम म्यानेजमेन्टको सिफारिस अनुसार सिरजका बाँकी २ खेलको लागि उनलाई निलम्बन गरेको क्यानले जनाएको छ।
क्यानले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई कारबाही गरेको जनाएको हो। तर सन्दीपले किन खेल्दिन भने भन्ने कारण भने क्यानले उल्लेख गरेको छैन। कारबाही गरेको जानकारी पनि क्यानले सिरिज सकिएको भोलिपल्ट मात्र दिएको हो।
पहिलो खेलपछि सन्दीपले नखेलेको विषयमा प्रशिक्षक स्टुवार्ट लले व्यक्तिगत कारण भनेका थिए। क्यान अध्यक्ष चतुर बहादुर चन्दले हिजो हाम्रो खेलकुद डटकम सम्मको कुराकानीमा कारण उल्लेख नगरेपनि सिरिजलाई असर पर्ने भन्दै यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बताएका थिए।
प्रत्येक खेल सकिएपछि नेपाली टिमलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका सन्दीपले यो विषयमा केहि भनेका छैनन । केहि समय अगाडि सन्दीपले आफू क्यानजो सेन्ट्रल कन्ट्रयाक्टमा नरहेने बताएका थिए।
शारजाहमा सिरिज खेलेर नेपाली टोली बुधवार ओमान आइपुगेको छ। सन्दीपसहित १६ सदस्यीय नेपाली क्रिकेट टोली अक्टोबर ८ देखि सुरु हुने टि ट्वान्टी विश्व कप छनोटका लागि ओमान आएको हो। विश्व कप खेल्ने १५ सदस्यीय टोलीमा सन्दीप रहने वा नरहने विषयमा विज्ञप्ति उल्लेख छैन।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]