default_image

2 months ago

October 2, 2025

भारतसँग वेस्ट इन्डिजलाई दबाबमा

1127 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो।

अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ।

टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे। सिराजले योसँगै सन् २०२५ मा विश्व टेस्ट च्याम्पियनसिपमा सबैभन्दा धेरै विकेट लिने बलर बने।

वेस्ट इन्डिजका लागि जस्टिन ग्रिभ्स ३२ रन बनाएर शीर्ष स्कोरर रहे। कप्तान रोस्टन चेजले २४ रन र शाई होपले २६ रन बनाए । कुलदीप यादव (२ विकेट) को स्पिन र सिराज–बुम्राहको धारिलो आक्रमण रोक्न सकेनन्।

जवाफमा भारतका ब्याटरले पहिलो दिनमै प्रभुत्व जमाए। दिनको अन्त्यमा भारत २ विकेट गुमाएर १ सय २१ रनमा पुगेको छ। केएल राहुलले ६ चौकासहित नटआउट अर्धशतक बनाए । कप्तान शुभमन गिल १८ रनमा क्रिजमा छन्।

केएल राहुलले ३६ रन बनाएका यशस्वी जयसवालसँग पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। तर जयडेन सिल्सले जयसवाललाई क्याच आउट गर्दै पहिलो सफलता दिलाए। बी. साई सुदर्शन ७ रनमा चेजको बलमा एलबिडब्लु आउट भए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.