default_image

2 months ago

October 4, 2025

पहिलो टेस्टमा भारतको सहज जित

441 views

0 Bookmark

एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ।

अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्‍यो।

अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो ।

वेस्ट इन्डिज दोस्रो इनिङमा १ सय ४६ रनमै अलआउट भयो । पहिलो इनिङमा वेस्ट इन्डिज १ सय ६२ रनमै अलआउट भएको थियो।

भारतका ब्याट्सम्यान केएल राहुल, ध्रुव जुरेल र रविन्द्र जडेजाले शतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।

भारतले दोस्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। जडेजाले ५४ रन दिएर ४ विकेट लिए। मोहम्मद सिराजले ३, कुलदिप यादवले २ र वाशिंगटन सुन्दरले १ विकेट लिए।

वेस्ट इन्डिजका एलेक एथानाज ३८ र जस्टिन ग्रिभ्स २५ रन बनाए । दोस्रो तथा अन्तिम टेस्ट अक्टोबर १० मा नयाँ दिल्लीमा सुरु हुनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.