default_image

1 month ago

October 5, 2025

मलेसियासँग नेपाल फेरि पराजित

565 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ।

वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो।

ओपनरद्वय सम्झना खड्का र रुबी पोद्दारले पहिलो विकेटको लागि ४१ रनको साझेदारी गरे। सम्झना १८ रनमा आउट भइन्। ३७ बलमस रुबिले नेपालको लागि सर्वाधिक ३१ रन जोडिन्।

यसपछि कविता कुँवरले १५ रन तथा कप्तान इन्दु बर्माले २२ रन जोडिन्। यसबाहेक अन्य खेलाडीले दोहोरो रन छुन नसक्दा नेपाल १ सय ७ रनमा समेटियो।

३ विकेट गुमाउँदा ६४ रन बनाइसकेको नेपालले सुझबुझपूर्ण ब्याटिङ गर्न सकेन । मिडल अर्डरको प्रदर्शन कमजोर रह्यो।

नेपाली ब्याटर बीचको तालमेल मिल्न नसक्नु अर्को कमजोर पक्ष रह्यो। टप अर्डरका ३ सहित ६ खेलाडी रन आउट हुन पुगे। बलिङमा नुर दानिया र आइस्या इलिसाले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनायो। ओपनर आइना हमिजाले सानदार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ५८ बल खेल्दै २ चौका सहित ६१ रनको सानदार पारी खेलिन्। मास इल्साले ३० रन बनाउँदा वेन जुलियाले १६ रन जोडिन्।

बलिङमा कविता कुँवर र कविता जोशीले समान २ विकेट लिए। यसअघि पहिलो खेलमा ३ रन गुमाएको नेपालले दोस्रो खेल ६ विकेटले जितेको थियो।‌ सिरिज आफ्नो पक्षमा पार्न अब नेपाललाई बाकी दुवै खेल जित्नुपर्नेछ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.