default_image

1 month ago

October 6, 2025

कतारमाथि नेपालको सहज जित

1009 views

0 Bookmark

ओमान (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा ईएपी छनोटको वार्मअप खेलमा कतारलाई १६ रनले पराजित गरेकोछ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टर्फ-२ मा जित्नलाई १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

कतारका मोहम्मद तनबिरले ३७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए । मिर्जा मोहम्मद बेगले २७ बलमा ४ छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करणले केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले १-१ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चेर विकेटविहीन बन्दा नेपालले आज सोमपाल कामीलाई विश्राम दिएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाए । कुशल मल्ल २९ बलमा १ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहँदा ओपनर आसिफ शेख ११, रोहित पौडेल ८, सन्दीप जोरा १, लोकेश बम २ र आरिफ शेख १३ रनमा आउट भए ।

कतारका शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले २-२ विकेट लिए ।

नेपालले बुधबार कुवेतसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपालको समूह बी मा कुवेत र जापान छन् । तीन समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अन्य समूहबाट आएका चार टोलीबाट खेलेपछि शीर्ष तीन टोली २०२६ मा भारत र श्रीलंकामा हुने टी२० विश्वकप खेल्न पाउनेछन् ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.