1 month ago
October 7, 2025
मस्कट (हाम्रो खेलकुद) – ओमानको मस्कटमा आइसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट बुधवार सुरु हुँदैछ ।
९ देश सहभागी प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । नेपाल प्रतियोगिता उपाधिसहित लगातार दोस्रो पटक विश्वकप खेल्न चाहन्छ ।
प्रतियोगिता सुरुमा तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा जापान, कुवेत र नेपाल छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को दुई समूहबाट आएका ४ टोलीसँग प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् । यस छनोटमा सहभागी सबै देश, खेलाडी, वरीयता र लाइभबारे जानकारी यस प्रकार छ ।
जापान

समूह ‘बी’
आइसिसी वरीयता – ४४
विश्वकप सहभागी संख्या -० (पहिलो पटक क्षेत्रिय छनोट)
केन्डेल काडोवाकी (फ्लेमिङ(कप्तान), अब्दुल सामद, अभिषेक आनान्द, चाल्र्स हिन्जे, बेन्जामिन इटो डेभिस, वाटारु मियाउची(विकेटकिपर), एसाम रहमान,सबाओरिष रविचन्द्रन, इओ सकुरानो थोमस, एलेक्न्डर शिराई पट्मोर, शोमा सुगाया सिल्लाटर, डिक्लान सुजुकी म्याककोम्ब, इब्राहिम तकाशाही, मकोटो तानियामा र लेचान यामामोटो लेक ।
कुवेत

समूह ‘बी’
आइसिसी टि-ट्वान्टी आई वरीयता – २३
विश्वकप सहभागी संख्या – ०
मोहम्मद अस्लाम(कप्तान), क्लिन्टो आन्टो, मित भावसार, अनुपदीप चेन्थामारा, मोहम्मद अकिफ फारुक, शिराज खान, निमिश लतिफ, उस्मान पटेल (विकेटकिपर), यासिन पटेल, नविनराज राजेन्द्रान, रभिजा सन्दारुवान, मोहम्मद शफिक, बिलाल ताहिर, मोहम्मद उमार र अली जाहिर ।

नेपाल
समूह ‘बी’
आइसिसी टि ट्वान्टी वरीयता – १८
विश्वकप सहभागी दुई पटक ( २०१४ र २०२४)
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल(कप्तान) कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, आदिल आलम, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, लोकेश बम, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

युएई
समूह ‘ए’
आइसिसी वरीयता – १५
विश्वकप सहभागिता दुई पटक – (२०१४ र २०२२)
मोहम्मद वासिम (कप्तान), हैदर अली, बासिल हमीद, राहुल चोपरा (विकेटकिपर), मोहम्मद फारुक, जोनाथन फिगी, मोहम्मद इरफान, हर्षित कौशिक, ध्रुब परशार, मोहम्मद रोहिद,एलिसान शराफु, अर्यांश शर्मा, जुनैद सिद्दिकी, समरजित सिंह

कतार
समूह ‘ए’
आइसिसी टि ट्वान्टी वरीयता – ३०
विश्वकपमा सहभागी संख्या – ०
मिर्जा मोहम्मद बेग (कप्तान), ओवैस अहमद, जुबैर अली, शक्लीन अर्शद, मोहम्मद असिम, शरिक आजम, अमिर फारुक, शहजैब जमैल, इक्रामुल्लाह खान, ड्यानिल लोइस, इमाल लियानागे, मोहम्मद मुरद, मुजिव उर रहमान, मोहम्मद तनभिर र आरिफ नासिर उदीन

मलेसिया
समूह ‘ए’
आइसिसी टि ट्वान्टी वरीयता : २५
विश्वकपमा सहभागी संख्या – ०
सैद अजिज (कप्तान), मोहम्मद आमिर, अहमद फैज, अनिनुल हफिज, खिजार हायत, मोहम्मद हजिक, अस्लाम खान, शर्विन मुनीआन्दी, पवनदीप सिंह, विरनदीप सिंह, मोहम्मद स्याहादात, आरिफ उल्लाह, विजयी उन्नी, मोहम्मद वाफिक र अकिल वाहिद ।

पपुवा न्युगिनी
समूह ‘सी’
आइसिसी टि ट्वान्टी वरीयता : २१
विश्वकपमा सहभागी संख्या -२ (२०२१ र २०२४ )
टिम : असद भाला (कप्तान), माल्कम अपोरो, सेसे बाऊ, जोन कारिको,आइनुई लोई, माइकल चार्ली, काबुआ मोरेआ, एली नाओ, प्याट्रिक नौउ, डामिन राभु, बोलो राय, डोको रुपा,लेगा सिआका, गौडि टोका, हिला भारे(विकेटकिपर)

सामोआ
समूह ‘सी’
आईसीसी टि ट्वान्टी वरीयता : ६९
विश्वकपमा सहभागी संख्या : ०
कालेब जस्मत (कप्तान), ड्यायल बर्गेस, डगलस फिनाउ, शमूएल फ्रेन्च,कर्टिस हयानाम, बेन्जामेइन मैलाटा, नोहा मीड, सोलोमन न्यास, शिमसन सोला,सेन सोलिया,फेरिती सोलोतो, रस टेलर, सौमनी ताई, ईली तुगागा, डारियस भिसेर

ओमान
समूह ‘सी’
आइसिसी टी ट्वान्टी वरीयता : २०
टि ट्वान्टी विश्वकप सहभागी संख्या : ३ ( २०१६, २०२१ र २०२४ )
जतिन्दर सिंह(कप्तान), बिनायक शुक्ला, सकिल अहमद, अर्यान विष्ट, फैसल शाह, जिक्रिआ इस्लाम, अमिर कलिम, नदिम खान, सुफ्यान मेहमुद, मोहम्मद मिर्जा, मोहम्मद नदिम, जितेन रामानान्दी,हसनैन शाह, स्यामी श्रीभास्तव र हसन उल वाहाब ।
सबै खेलको लाइभ आइसिसी टिभीबाट हेर्न हुनेछ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]