1 month ago
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनर रुवी पोद्दार ५ रनमा, सम्झना खड्का ११ रनमा र पूजा महतो मात्र ७ रनमा आउट भए। यतिखेर नेपालले ३५ रन बनाएको थियो। कविता कुँवर पनि १६ रनमा आउट भइन्।
त्यसपछि कप्तान इन्दु र अनुभवी खेलाडी रुविनाले महत्वपूर्ण साझेदारी गदै नेपाललाई जिततर्फ डोर्याए। ३९ बल खेल्दै इन्दुले ५ चौका सहित अविजित ४८ रनको पारी खेलिन्।

रुविनाले २३ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित २३ रन बनाइन्। आजको यो खेलमा एक छक्का मात्र संभव भयो। जुन रुविनाले प्रहार गरिन्।
बलिङमा आइना हमिजा, नुर दानिया र माहिरा इजातिले १/१ विकेट लिए।
त्यसअघि मलेसियाको वायुमास ओभल स्टेडियममा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। उसले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन बनायो।
मलेसिया विरुद्ध नेपालले सानदार सुरुवात गर्यो। दुई ओपनर आइना हमिजाह हसिम र वान जुलिया रनको खाता नखोली आउट भए।
आइना कविता कुँवरको बलमा कट एण्ड बोल्ड हुँदा वानलाई पूजाले बोल्ड आउट गरिन्। लगतै कप्तान विनिफ्रेड डुरासिंगम २ रनमा नै इन्दुको बलमा आउट भइन्। पहिलो क्रमका ३ ब्याटर आउट हुँदा मलेसियाले २० रन बनाएको थियो।

त्यसपछि मास इलिस्या र माहिरा इजातिले चौथो विकेटका लागि ४८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। माहिरा १८ रनमा पबिलियन फर्किन्।
नुर दानियाले १५ रन जोडिन्। मास क्रिजमा जम्दै अर्धशतक बनाउन सफल भइन्। ६३ बल खेल्दै ५ चौका सहित अविजित ५६ रनमा क्रिजमा रहिन्।
बलिङमा कविताले ४ ओभरमा १० रन दिएर ३ विकेट लिंदै किफायती प्रदर्शन गरिन्। पूजा र कविता जोशीले समान १ विकेट लिए।
यसअघि मलेसियाले पहिलो खेल ३ विकेट र तेस्रो खेल १३ रनको जितको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। अब बुधबार हुने खेलले सिरिजको विजेता टुंगो लगाउने भएको छ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]