default_image

1 month ago

October 7, 2025

विश्वकप छनोटमा नेपालको सम्भावित उत्कृष्ट प्लेइङ-११

4360 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट क्रिकेट प्रतियोगिता ओमानमा बुधवार सुरु हुँदैछ ।

प्रतियोगिता शीर्ष ३ टोली सन् २०२६ फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकपमा पुग्नेछन् । नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुग्न चाहन्छ । कागजी रुपमा प्रतियोगिता नेपाल सर्वाधिक मजबुत टोली हो ।

समूह ‘बी’ मा रहेको नेपालले बुधवार कुवेतसँग खेल्दै प्रतियोगिता सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार बुधबार साँझ ८ : ४५ बजे अलअमरेत क्रिकेट ग्राउण्ड १ मा सुरु हुनेछ ।

गत अप्रिलमा ४ देशसम्मिलित टि ट्वान्टी आई सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले स्तब्ध भएको थियो । टि ट्वान्टी क्रिकेटमा कुनै भर नहुने हुँदा पहिलो खेलदेखिनै नेपाल आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने देखिन्छ ।

एक साताअघि युएईमा वेष्टइण्डिजसँगको ३ खेलको सिरिज, वार्मअप खेलमा ओमान र कतारविरुद्धको खेलपछि नेपाललाई आफ्नो प्लेइङ-११ निर्धारण गर्न केही सहज बनएको छ ।

टोलीमा पर्न खेलाडीबीच उच्च प्रतिस्पर्धा हुँदा नेपाललाई प्लेइङ ११ निर्धारण गर्न सहज भने हुने छैन । त्यसैले नेपालले आफ्नो प्लेइङ ११ मा सन्तुलन र पिच कन्डिसनलाई बढी ध्यानमा दिनेछ ।

नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई निरन्तरता दिने पक्का छ । कुशलले वार्मअप खेलमा कतारविरुद्ध अर्धशतक हानेका थिए ।

वेष्ट इण्डिजविरुद्धको अन्तिम खेलमा पनि राम्रो सुरुवात दिलाएका थिए । आक्रामक ब्याटर कुशल भुर्तेल आफ्नो लय समाउन संघर्ष गरेका छन् । तर उनी चलेको खण्डमा नेपालको जित सहज बन्न जान्छ ।

उनी ब्याटिङमा नचले बलिङ र फिल्डिङ मार्फत टोलीलाई योगदान दिने हुँदा टिममा निरन्तरता पाउनेछन् । उता आसिफ शेखले वेष्टइण्डिजविरुद्ध दोस्रो खेलमा र वार्मअप खेलमा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यी दुई ओपनर २०२१ देखि खेल्दै आएको हुँदा साझेदारी पनि राम्रो बन्ने गरेको छ । त्यसैले ओपनरमा परिवर्तनको सम्भावना छैन ।

तेस्रो नम्बरमा कप्तान रोहित पौडेल हुनेछन् । चौथो नम्बरमा कुशल मल्ल र पाँचौं नम्बरमा सन्दीप जोराको सम्भावना छ । वेष्ट इण्डिजविरुद्ध दोस्रो खेलमा जोराले अर्धशतक प्रहार गरेका थिए ।

पछिल्लो समय नेपाल ‘ए’ बाट पनि मध्यक्रममा राम्रो गरेको हुँदा जोरालाई पाँचौं नम्बरमा खेलाउने सम्भावना देखिन्छ । जोरा खेल्दा आदिल आलम भने बेन्चमा बस्नुपर्ने हुन्छ ।

एक पार्टटाइम तीव्र गतिका बलरमा आलम र गुल्शन झा मध्यको सम्भावना छ । जस्मा गुल्शन लगातार टोलीमा हुँदा उनी रोजाईमा पर्ने देखिन्छ ।

छैटौं नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । दीपेन्द्र ब्याटिङमा संघर्ष गर्दा छनोटको पहिलो खेलमै नेपाल राम्रो प्रदर्शन चाहन्छ । बलिङ र फिल्डिङमा भने लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । त्यसपछि बाँकी चार ब्याटिङ नम्बरमा करण केसी, सोमपाल कामी, नन्दन यादव र गुल्शन झा हुनेछन् ।

गुल्शन सातौं र करण आठौं नम्बरमा सम्भावना छ । नवौंमा सोमपाल र दशौंमा नन्दन यादवको सम्भावना देखिन्छ । अन्तिम नम्बरमा सन्दीप लामिछाने खेल्ने सम्भावना छ । नेपाल आफ्नो १० नम्बर ब्याटिङ नम्बरका खेलाडीसम्म जितको विश्वास राख्नेछ ।

नेपालको तीव्र गतिमा पावर प्लेमा करण र सोमपाल हुनेछन् । डेथ ओभरमा नन्दन हुनेछन् । नेपालले पावर प्लेमा एक दुई ओभर नन्दन यादवबाट पनि गर्नेछ । स्पिनर सन्दीप लामिछानेको मध्यक्रममा भूमिका महत्वपूर्ण हुनेछ ।

दीपेन्द्र पावर प्लेमा स्पिनका साथ आउन सक्छन् । मध्यक्रममा दीपेन्द्रसँगै कुशल भुर्तेल र कुशल मल्ल पनि स्पिन आक्रामणमा हुनेछन् । आवश्यक परेका कप्तान रोहित आफैं अफ स्पिनमा आउनेछन् ।

कुवेतविरुद्ध नेपालको सम्भावित ११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने ।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.