1 month ago
October 8, 2025
मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा आज कुवेतसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ८ : ४५ बजे ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ । समूह बी मा दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ । यी दुबै टोली सुपर सिक्समा पुगेको खण्डमा आजको विजेताले सुपरसिक्समा पनि दुई अंक पाउनेछ ।
छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । त्यसैले आजको खेल निकै महत्वपूर्ण हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र कुवेतको मोहम्मद अस्लामले गर्नेछन् । नेपालका ओपनर कुशल भुर्तेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । उता कुवेतमा मित भावसार, यासिन पटेल र रविजा सान्दारुवानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
गत अप्रिलमा चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराएको थियो । श्रीलंकाबाट घरेलु क्रिकेट खेलेका रविले ३६ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिएका थिए । कुवेतको टोलीमा ब्याटिङमा गहिराई हुँदा सुरुवातमा विकेट लिन आवश्यक देखिन्छ ।
उक्त खेल हार्दाका ९ खेलाडीले आजपनि नेपालबाट खेल्ने देखिन्छ । बसिर अहमद टोलीमा नहुँदा ललित नारायण राजवंशीको स्थानमा सन्दीप खेल्ने देखिन्छ ।

यता नेपालको पनि ब्याटिङ लाइनअप लामो छ । राम्रो सुरुवात पाएमा सजिलै बलियो योगफल बनाउन सक्छ । कुवेतका स्पिनर यासिन पटेल मुख्य हतियार हुन् । कुवेतलाई यस प्रतियोगिता अन्डरडग टोलीको रुपमा हेरिएको छ । कुवेतले नेपाल, युएई र ओमान मध्य एकलाई पछि पार्दै पहिलो पटक विश्वकप खेल्ने सपना देखेको छ ।
हेड टु हेड
नेपाल र कुवेतबीच टि ट्वान्टी आईमा ३ खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।
गत अप्रिलमा सिरिजकै खेलमा १ सय ८६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै ६ बल अगाडि पूरा गरेको थियो । सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो ।

खेलअघि नेपालका कप्तान रोहित पौडेलको भनेका छन् , ‘कुवेतले पछिल्लो समय राम्रो क्रिकेट खेलेको छ । तर हामीले राम्रो क्रिकेट खेल्नुपर्छ । हाम्रो क्षमता अनुसार क्रिकेट खेल्ने हो भने यो प्रतियोगितामा हामीलाई कसैले हराउन सक्दैन ।’
खेलअघि कुवेतका प्रमुख ब्याटर मित भावसारले भनेका छन् ‘नेपाल राम्रो टोली हो । त्यहाँ अनुभवी खेलाडी छन् । तर हामी टिम र खेलाडी भन्दापनि बल हेरेर खेल्नेछौं ।’
खेलको लाईभ : आईसीसी टिभीले गर्नेछ ।
मैदान तथा मौसम : खेलको समयमा वर्षाको सम्भावना छैन । मैदानको तुलनात्मक रुपमा तीव्र गतिका बलरलाई बढी फाइदा पुग्ने देखिन्छ । सुरुवाती ६ ओभरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
समूह बी का खेलहरु
बुधबार : नेपालविरुद्ध कुवेत, बेलुका ८ : ४५ बजे
बिहीबार कुवेतविरुद्ध जापान, दिउँसो ४ : १५ बजे
शुक्रबार जापानविरुद्ध नेपाल, दिउँसो ४ : १५ बजे

आजहुने अन्य खेलहरु
ओमानविरुद्ध सामोआ, समूह सी – बिहान ११: ४५ बजे
कतारविरुद्ध युएई, समूह ए, दिउँसो ४ : १५ बजे
कुवेतविरुद्ध नेपालको सम्भावित-११
कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने ।
कुवेतको सम्भावित प्लेइङ- ११
मोहम्मद अस्लाम(कप्तान) क्लिन्टो आन्टो, मित भावसार, अनुपदीप चेन्थामारा, शिराज खान, उस्मान पटेल (विकेटकिपर), यासिन पटेल, नविनराज राजेन्द्रान, रभिजा सन्दारुवान, मोहम्मद शफिक र बिलाल ताहिर ।
समूह ‘ए’
मलेसिया, कतार र युएई
समूह ‘बी’
जापान, कुवेत र नेपाल
समूह ‘सी’
ओमान, पपुवा न्युगिनी र सामोआ
हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अन्य २ समूहबाट आएका २/२ टोलीसँग गरि कुल ४ खेलपछि शीर्ष ३ टोली विश्वकपका लागि छनोट हुनेछन् ।
हालसम्म विश्वकपमा पुगेका देशहरु
भारत (आयोजक), श्रीलंका(आयोजक), अफगानिस्तान, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्टइण्डिज,आयरल्यान्ड, जिम्बावे, नामिबिया, अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, इटाली (पहिलो पटक विश्वकपमा) र न्युजिल्यान्ड ।
नेपाल
समूह ‘बी’
आइसिसी टि ट्वान्टी वरीयता – १८
विश्वकप सहभागी दुई पटक ( २०१४ र २०२४)
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल(कप्तान) कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, आदिल आलम, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, लोकेश बम, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
कुवेत

समूह ‘बी’
आइसिसी टि-ट्वान्टी आई वरीयता – २३
विश्वकप सहभागी संख्या – ०
मोहम्मद अस्लाम(कप्तान), क्लिन्टो आन्टो, मित भावसार, अनुपदीप चेन्थामारा, मोहम्मद अकिफ फारुक, शिराज खान, निमिश लतिफ, उस्मान पटेल (विकेटकिपर), यासिन पटेल, नविनराज राजेन्द्रान, रभिजा सन्दारुवान, मोहम्मद शफिक, बिलाल ताहिर, मोहम्मद उमार र अली जाहिर ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]