default_image

1 month ago

October 9, 2025

क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक

698 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज विभागमा आयोजित कार्यक्रममा टिकटमा टाँचा लगाएर सार्वजनिक हुलाक टिकट सार्वजनिक गरेका हुन्।

विश्व हुलाक दिवस २०२५ को अवसरमा सार्वजनिक गरिएको टिकटमा आइसिसी पुरुष विश्वकप र आइसिसी महिला यू-१९ विश्वकपमा सहभागी नेपाली खेलाडीहको तस्वीर समावेश गरिएको छ। सो अवसरमा टिकटको प्रदर्शनी पनि गरिएको थियो।

हुलाक सेवा विभागका अनुसार अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको माध्यमबाट नेपालको पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा योगदान पुर्याएका खेलाडीको सम्मान स्वरूप उक्त टिकट प्रकाशन गरिएको हो।

विभागले २०८१ चैत १७ गतेको निर्णयअनुसार १० रुपैयाँ दरको ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको जनाएको छ।

नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौं संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो। नेपाली महिला टोलीले यू–१९ विश्वकपमा पहिलो पटक खेलेर इतिहास रचेको थियो।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.