9 years ago
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ। डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन्।

अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एकदिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच अर्को बर्ष विश्वकप छनोट हुनेछ। डब्लूसिएल च्याम्पियनसिप अंक तालिकाको पुछारमा रहने चार टोली डिभिजन २ मा घटुवा हुनेछन् । यद्दपी त्यो अवस्थामा पनि विश्व कप छनोट खेल्ने अवसर भने बाँकी नै रहनेछ ।
तर, त्यसका लागि डिभिजन २ मा घटुवा हुने ४ टोली र डिभिजन ३ का फाइनल पुग्ने टोलीबीच पुनः राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ। त्यो राउन्ड रोविनमा शीर्ष दुईमा पर्ने टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछन्।
१० खेलपछि नेदरल्यान्ड्स १६ अंकसहित डब्लुसिएल च्याम्पियनसिप अंकतालिकाको शीर्षस्थानमा छ । ८ खेलमा पपुवा न्युगिनीको १२, १० खेलमा हङकङको ११ अंक छ । बाँकी ८ खेल खेलेका टोली मध्ये स्कटल्यान्डको ११, केन्याको ८, नामिबिया र संयुक्त अरब इमिरेट्सको समान २ अंक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]