2 weeks ago
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ।
टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर महतोलाई ड्रप गरेको छ। अनिल शाह र सविन भट्टलाई प्लेइङमा राखेको छ ।
चितवनले अमरसिंह राउटेला र सौगात ढकाललाई खेलाउँदा रिजन ढकाल र दीपक बोहरालाई ड्रप गरेको छ।
चितवन र जनकपुर दुवैलाई प्ले अफ संभावना कायमै राख्न जितको विकल्प छैन। दुवै टोलीको आज पाँचौं खेल हो। ४ खेलमा २ जित र २ मा हार बेहोरेको छ। चितवनको ४ अंक छ। चितवन काठमाडौं गोर्खाज र लुम्बिनी लायन्ससँग पराजित हुँदा विराटनगर किङ्स र कर्णाली याक्सलाई हराउन सफल भएको छ।
तुलनात्मक रुपमा चितवन भन्दा जनकपुर बलियो छ। उसले अंकको खाता खोल्न सकेको छैन। लगातार ४ खेलमा हार बेहोरेको जनकपुरको गणितीय संभावना मात्र बाँकी छ। त्यसैले जनकपुरलाई जितको विकल्प छैन। हारले साविक विजेता जनकपुरको प्ले अफ संभावना सकिनेछ।
आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]