3 days ago
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ।
टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर महतोलाई ड्रप गरेको छ। अनिल शाह र सविन भट्टलाई प्लेइङमा राखेको छ ।
चितवनले अमरसिंह राउटेला र सौगात ढकाललाई खेलाउँदा रिजन ढकाल र दीपक बोहरालाई ड्रप गरेको छ।
चितवन र जनकपुर दुवैलाई प्ले अफ संभावना कायमै राख्न जितको विकल्प छैन। दुवै टोलीको आज पाँचौं खेल हो। ४ खेलमा २ जित र २ मा हार बेहोरेको छ। चितवनको ४ अंक छ। चितवन काठमाडौं गोर्खाज र लुम्बिनी लायन्ससँग पराजित हुँदा विराटनगर किङ्स र कर्णाली याक्सलाई हराउन सफल भएको छ।
तुलनात्मक रुपमा चितवन भन्दा जनकपुर बलियो छ। उसले अंकको खाता खोल्न सकेको छैन। लगातार ४ खेलमा हार बेहोरेको जनकपुरको गणितीय संभावना मात्र बाँकी छ। त्यसैले जनकपुरलाई जितको विकल्प छैन। हारले साविक विजेता जनकपुरको प्ले अफ संभावना सकिनेछ।
आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]