1 week ago
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको चुनौती दिएको छ।
चितवनको लागि आज शतकीय साझेदारी र डविट मलानको ८० रन मजबुत पक्ष बन्यो। जनकपुर आज बलिङमा कमजोर रह्यो।
टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो।
जनकपुरले आज राष्ट्रिय टोलीका खेलाडी ललित नारायण राजवंशीलाई ड्रप गर्यो। तर पनि बलिङमा जनकपुर कमजोर नै देखियो। पहिलो पावर प्लेमा विना विकेटको नोक्सानी चितवनले ३८ रन बनायो। चितवनले जारी खेलमा पहिलो पावर प्लेमा विकेट नगुमाएको पनि पहिलो यो पटक हो।
जनकपुरका बलरहरूले ब्रेक-थ्रु लिन नसकिरहेको बेला नवौं ओभरको पाँचौं बलमा सचिन भट्टको बलमा ३५ रन बनाएका डविट मलानले जीवनदान पाए। अनिल शाहले क्याच ड्रप गरे। १० ओभरको समाप्तिमा डविट र अर्जुन साउदले ७६ रन जोडे।
यो क्रममा दुवैले अर्धशतक बनाए। डविटले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाए। अर्जुनले भने ३७ बलमा ४ चौका र ३ छक्का सहित अर्धशतक बनाए।
यी दुईले शतकीय पारी खेल्न सफल भए। १ सय १२ रनको साझेदारी गरेपछि अर्जुन आउट भए। जारी एनपिएलमा पहिलो विकेटको लागि बनेको यो सर्वाधिक ठुलो साझेदारी हो।
ब्रेक -थ्रु जान निकोल लोफ्टीले दिलाए। अर्जुन ५२ रनमा आउट भए। लगत्तै वान डाउमा छिरेका सेफ केब ७ रनमा अनिलको बलमा सञ्जय कृष्णमुर्तीद्वारा क्याच आउट भए। १५ ओभरको समाप्तिमा चितवनले १ सय २८ रन बनायो।
तेस्रो विकेटको रूपमा रबि बोपरा आउट भए। मात्र ३ रनमा रुपेश सिंहको बलमा आउट भए। उनी आउट हुँदा टोलीले १ सय ४३ रन बनाएको थियो।
त्यसपछि ओपनर डविटको ठूलो विकेट माझ सदाकतले लिए। ओपनर डविट ५४ बल खेल्दै ४ चौका र ४ छक्का सहित टोएीको लागि सर्वाधिक ८० रनको उत्कृष्ट पारी खेले। कप्तान कुशलले १४ बल खेल्दै २ चौका र २ छक्का सहित अविजित ३० रन बनाए।
बलिङमा माझ सदाकत, अनिल, रूपेश सिंह र जान निकोलले १/१ विकेट लिए।
चितवन र जनकपुर दुवैलाई प्ले अफ संभावना कायमै राख्न जितको विकल्प छैन । दुवै टोलीको आज पाँचौं खेल हो। चितवनले ४ खेलमा २ मा जित र २ मा हार बेहोरेको छ। चितवनको ४ अंक छ। चितवन काठमाडौं गोर्खाज र लुम्बिनी लायन्ससँग पराजित हुँदा विराटनगर किङ्स र कर्णाली याक्सलाई हराउन सफल भएको छ।
तुलनात्मक रुपमा जनकपुर भन्दा चितवन बलियो छ। उसले अंकको खाता खोल्न सकेको छैन । लगातार ४ खेलमा हार बेहोरेको जनकपुरको गणितीय संभावना मात्र बाँकी छ। त्यसैले जनकपुरलाई जितको विकल्प छैन। हारले साबिक विजेता जनकपुरको प्ले अफ संभावना सकिनेछ।
आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णालीबीच हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]