default_image

2 weeks ago

December 2, 2025

कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्ने

392 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ।

टस जितेर कर्णालीले टस जितेर बलिङ गर्ने भएको छ। पोखरा पहिले ब्याटिङमा उत्रनेछ। कर्णालीले आज प्लेइङमा ३ र पोखराले ५ खेलाडी परिवर्तन गरेको छ।

कर्णाली र पोखरा दुवै प्ले अफको संघर्षमा छन्। कर्णालीको यो छैटौं खेल हो। यसअघि उसले ५ खेलमा १ जित र बाँकीमा हार बेहोरेको थियो ।‌

पोखरा ४ खेलमा ३ खेल हार्दा उसको यात्रा पनि जटिल बनेको छ। उसलाई पनि जित उतिकै जरूरी छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग हारेपछि दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। तर यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग लगातार पराजित भएको छ।

यसअघि आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.