default_image

3 days ago

December 2, 2025

कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्ने

366 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ।

टस जितेर कर्णालीले टस जितेर बलिङ गर्ने भएको छ। पोखरा पहिले ब्याटिङमा उत्रनेछ। कर्णालीले आज प्लेइङमा ३ र पोखराले ५ खेलाडी परिवर्तन गरेको छ।

कर्णाली र पोखरा दुवै प्ले अफको संघर्षमा छन्। कर्णालीको यो छैटौं खेल हो। यसअघि उसले ५ खेलमा १ जित र बाँकीमा हार बेहोरेको थियो ।‌

पोखरा ४ खेलमा ३ खेल हार्दा उसको यात्रा पनि जटिल बनेको छ। उसलाई पनि जित उतिकै जरूरी छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग हारेपछि दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। तर यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग लगातार पराजित भएको छ।

यसअघि आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.