default_image

3 days ago

December 2, 2025

कर्णालीलाई पोखराले दियो विशाल लक्ष्य

537 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि २ सय २ रनको विशाल चुनौती दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो।

चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल १८ रन जोडेर मार्क वाटको बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ३४ रन बनाएको पोखराले पहिलो पावर प्ले‌मा ४४ रन बनायो।

वान डाउनमा क्रिजमा छिरेका इङ्गल्याण्डका जेसन रोयको पहिलो खेल हो। जेसन र एडम रोसिङ्गटनले १० ओभरको समाप्तिमा टोलीको स्कोर ८५ पुर्याए।रोसिङ्गटनले ३० बल खेल्दै ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए।

जेसन र रोसिङ्गटनको साझेदारी तोड्न कर्णालीका बलरलाई ७१ बल नै कुर्नुपर्यो। यी दुईले दोस्रो विकेटको लागि १ सय २७ रनको उत्कृष्ट साझेदारी गरे। यो जारी लिगको दोस्रो सर्वाधिक साझेदारी हो। जेसनले ३४ बलमा २ चौका ३ छक्का सहित ४६ रन जोडे। नन्दनको बलमा उनी आउट भए।

तर यसपछि रोसिङ्गटनले १९ औं ओभरमा चौका प्रहार गर्दै सतक बनाए। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनले बाउन्ड्रीबाट मात्र ८० रन बटुले ।

जारी सिजनको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। धनन्जय लक्सन ११ बल खेल्दै अविजित २३ रनमा रहे।

कर्णाली बलिङमा निकै कमजोर रहयो। उसको लागि नन्दन र वाटले समान १ विकेट ट लिए। कप्तान सोमपाल सबैभन्दा महङ्गो बलर बने। उनले ४ ओभरमा ५० रन दिएर विकेट लिन सकेनन्।

यसअघि आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.