default_image

1 week ago

December 2, 2025

कर्णालीलाई पोखराले दियो विशाल लक्ष्य

565 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि २ सय २ रनको विशाल चुनौती दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो।

चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल १८ रन जोडेर मार्क वाटको बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ३४ रन बनाएको पोखराले पहिलो पावर प्ले‌मा ४४ रन बनायो।

वान डाउनमा क्रिजमा छिरेका इङ्गल्याण्डका जेसन रोयको पहिलो खेल हो। जेसन र एडम रोसिङ्गटनले १० ओभरको समाप्तिमा टोलीको स्कोर ८५ पुर्याए।रोसिङ्गटनले ३० बल खेल्दै ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए।

जेसन र रोसिङ्गटनको साझेदारी तोड्न कर्णालीका बलरलाई ७१ बल नै कुर्नुपर्यो। यी दुईले दोस्रो विकेटको लागि १ सय २७ रनको उत्कृष्ट साझेदारी गरे। यो जारी लिगको दोस्रो सर्वाधिक साझेदारी हो। जेसनले ३४ बलमा २ चौका ३ छक्का सहित ४६ रन जोडे। नन्दनको बलमा उनी आउट भए।

तर यसपछि रोसिङ्गटनले १९ औं ओभरमा चौका प्रहार गर्दै सतक बनाए। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनले बाउन्ड्रीबाट मात्र ८० रन बटुले ।

जारी सिजनको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। धनन्जय लक्सन ११ बल खेल्दै अविजित २३ रनमा रहे।

कर्णाली बलिङमा निकै कमजोर रहयो। उसको लागि नन्दन र वाटले समान १ विकेट ट लिए। कप्तान सोमपाल सबैभन्दा महङ्गो बलर बने। उनले ४ ओभरमा ५० रन दिएर विकेट लिन सकेनन्।

यसअघि आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.