2 weeks ago
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक बनाएका छन्।
आज कर्णाली याक्स विरुद्ध ओपनिङ ब्याटिङमा आएका रोसिङ्टनले १९ औं ओभरमा चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे।
एनपिएलको जारी सिजनम यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। यसअघि एनपिएलको पहिलो सिजनमा पोखराका लागि अमेरिकी एन्ड्रेस गाउसले शतक बनाएका थिए।
सानदार शतकसँगै पोखराको रन २ सय पार गर्ने क्रममा
जेसन रोयसँग दोस्रो विकेटको लागि १ सय २७ रनको उत्कृष्ट साझेदारी गरे। जारी एनपिएल मा यो दोस्रो सर्वाधिक ठूलो साझेदारी हो। यसपछि उनले धनन्जय लक्समसँग तेस्रो विकेटको लागि पनि अविजित ४२ रनको साझेदारी गरे।
इनिङ्सको सुरुवात देखि अन्त्य सम्म क्रिजमा जमेका रोसिङ्गटनले अविजित १०८ रन बनाए। उनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का प्राहर गरे। उनले बाउन्ड्रीबाट मात्र ८४ रन बटुले । उनी एनपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। यसअघि मार्क वाटले अविजित १ सय १४ रन बनाएका छन्।
पोखराबाट एनपिएलमा शतक बनेको यो दोस्रो पटक हो। यसअघि पोखराबाट खेल्दा गाउसले शतक बनाएका थिए। साथै रोसिङ्टन लुम्बिनी बाहेकको टिमलाई शतक हान्ने पनि पहिलो बनेका छन्। यसअघि गाउस र मार्क दुवैले लुम्बिनीविरूद्ध शतक बनाएका थिए।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]