default_image

3 days ago

December 2, 2025

रोसिङ्टन एनपिएलमा शतक बनाउने तेस्रो खेलाडी

595 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक बनाएका छन्

आज कर्णाली याक्स विरुद्ध ओपनिङ ब्याटिङमा आएका रोसिङ्टनले १९ औं ओभरमा चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे।

एनपिएलको जारी सिजनम यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। यसअघि एनपिएलको पहिलो सिजनमा पोखराका लागि अमेरिकी एन्ड्रेस गाउसले शतक बनाएका थिए।

सानदार शतकसँगै पोखराको रन २ सय पार गर्ने क्रममा
जेसन रोयसँग दोस्रो विकेटको लागि १ सय २७ रनको उत्कृष्ट साझेदारी गरे। जारी एनपिएल मा यो दोस्रो सर्वाधिक ठूलो साझेदारी हो। यसपछि उनले धनन्जय लक्समसँग तेस्रो विकेटको लागि पनि अविजित ४२ रनको साझेदारी गरे।

इनिङ्सको सुरुवात देखि अन्त्य सम्म क्रिजमा जमेका रोसिङ्गटनले अविजित १०८ रन बनाए। उनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का प्राहर गरे। उनले बाउन्ड्रीबाट मात्र ८४ रन बटुले । उनी एनपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। यसअघि मार्क वाटले अविजित १ सय १४ रन बनाएका छन्।

पोखराबाट एनपिएलमा शतक बनेको यो दोस्रो पटक हो। यसअघि पोखराबाट खेल्दा गाउसले शतक बनाएका थिए। साथै रोसिङ्टन लुम्बिनी बाहेकको टिमलाई शतक हान्ने पनि पहिलो बनेका छन्। यसअघि गाउस र मार्क दुवैले लुम्बिनीविरूद्ध शतक बनाएका थिए।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.