default_image

1 week ago

December 2, 2025

कर्णाली एनपिएलको प्ले अफ दौडबाट बाहिरियो, पोखराको जित

1007 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफ‌ दौडबाट बाहिरिएको छ

कर्णालीलाई आज ३४ रनले हराउँदै पोखरा एभेन्जर्सले प्ले अफ संभावनालाई कायमै राखेको छ। यो हारसँगै एक खेल अगाडि कर्णाली लिग चरणबाट बाहिरिने निश्चित भएको छ। कर्णालीको यो लगातार चौथो र समग्रमा पाँचौं हार हो।

जितको लागि २ सय २ रनको विशाल चुनौती पछाएको कर्णाली १९ ओभरमा अल आउट हुँदै १ सय ६७ रनमा समेटियो।

ओपनर मार्क वाट र प्रियांक पाञ्चालले पहिलो पावर प्लेमा ६९ रन बनाए। प्रियांक‌ १६ रन जोडेर धनन्जय लक्समको बलमा कुशल भुर्तेलद्वारा आउट भए। पहिलो विकेट गुमाउँदा कर्णालीले‌ ३४ रन बनायो।

दोस्रो विकेटको रुपमा जय किशन कोल्सावाला ६ रनमा सन्दीप क्षेत्रीको बलमा आउट भए। यतिखेर ७.२ ओभरमा ७७ रन बनाएको थियो। वाट क्रिजमा थिए खेल रोमाञ्चक बनिरहेको थियो। तर १० औं‌ ओभरको पाँचौं बलमा किरण ठगुन्नाले वाटको ठूलो विकेट लिए।

३४ बल खेल्दै ४ चौका र ५ छक्का सहित वाटले ५९ रन जोडे। १० ओभरको समाप्तिमा कर्णालीले ३ विकेटको नोक्सानीमा ९५ रन जोड्यो।

एकपछि अर्को विकेट गुमाउने क्रममा पवन सराफ १९ रनमा ऋषि धवनको बलमा आउट भए । १२.२ ओभरमा चौथो विकेट गुमाउँदा १ सय ११ रन बनाएको थियो। हिटर गुल्सन झा पनि क्रिजमा टिक्न सकेनन्। उनी ९ रन जोडेर कुशलको बलमा आउट भए। कर्णालीलाई जितको लागि अन्तिम ३० बलबाट ६१ रन आवश्यक थियो।

लगत्तै नजिबुल्लाह जड्रान पनि २४ रन जोडेर धवनको बलमा पनिलियन फर्किए। सातौं विकेटको रुपमा दीपेन्द्र रावत १० रनमा रन आउट भए। उनी आउट हुँदा टोलीलाई जितको लागि १५ बलबाट ४४ रन आवश्यक थियो। यो स्थितिमा पोखरा निकै मजबुत अवस्थामा थियो।

कप्तान सोमपाल कामी पनि १३ रनमा आउट भए। उनलाई पनि धवनले नै आउट गरे। युनिश सिंह १ रनमा र विपिन शर्मा‌ रनको खाता नखोली आउट भए। यो सँगै कर्णाली अल आउट भयो।

बलिङमा धवनले ४ ओभरमा ३७ रन दिएर ३ विकेट लिए।‌ धनन्जयले पनि ४ ओभरमा ३१ रन दिएर ३ विकेट नै लिए। दुवै जनाको यो एनपिएलमा डेब्यु खेल हो। किरण, सन्दीप र कुशलले समान १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपालले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो।

चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल १८ रन जोडेर वठ बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ३४ रन बनाएको पोखराले पहिलो पावर प्ले‌मा भने ४४ रन बनायो।

वान डाउनमा क्रिजमा छिरेका इङ्गल्याण्डका जेसन रोयको पहिलो खेल हो। जेसन र एडम रोसिङ्टनले १० ओभरको समाप्तिमा टिमको स्कोर ८५ पुर्याए। रोसिङ्टनले ३० बल खेल्दै ७ चौका र २ छक्का प्राहर गर्दै अर्धशतक बनाए।

जेसन र रोसिङ्गटनको साझेदारी तोड्न कर्णालीका बलरलाई ७१ बल नै कुर्नुपर्यो। यी २ ले दोस्रो विकेटको लागि १ सय २७ रनको उत्कृष्ट साझेदारी गरे।

यो जारी लिगको दोस्रो सर्वाधिक साझेदारी हो। जेसन रोयले ३४ बलमा २ चौका ३ छक्का सहित ४६ रन जोडे। नन्दनको बलमा उनी आउट भए।

तर यसपछि रोसिङ्टनले १९ औं ओभरमा चौका प्रहार गर्दै सतक बनाए। उनले ५४ बल खेल्दै ११ चौका र छ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनले बाउन्ड्रीबाट मात्र ८० रन बटुले ।

जारी सिजनको यो दोस्रो सतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी विरूद्ध सतक बनाएका थिए। धनन्जय लक्सन ११ बल खेल्दै अविजित २३ रनमा रहे।

कर्णाली बलिङमा निकै कमजोर रहयो। उसको लागि नन्दन यादव र मार्क वाटले समान १ विकेट लिए। कप्तान सोमपाल सबैभन्दा महङ्गो बलर बने। उनले ४ ओभरमा ५० रन दिएर विकेट लिन सकेनन्।

यो जितमा पोखराले पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। उसले ४ अंक बनाएको छ। प्ले अफको संभावनालाई कायमै राखेको छ।

छेटौं खेल खेलेको कर्णालीको यो पाँचौं हार हो। मात्र एक जित सहित २ अंक रहेको छ। कर्णालीको प्ले अफबाट बाहिरिने पहिलो टोली बन्यो। अब प्ले अफको होडमा ७ टोली मात्र रहेका छन्। भोलि विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको खेल हुनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.