2 days ago
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना लुम्बिनी लायन्सले गर्दैछ।
टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ।
आज विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस खेल्दैछन्। यो सिजन एनपिएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन्। उनको आगमनले विराटनगर थप मजबुत हुने अपेक्षा गरिएको छ।
विराटनगर र लुम्बिनी दुबैको छैटौं खेल हो। ४ जित र १ हार सहित ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आज जितमा विराटनगर प्ले अफमा पुग्नेछ।
यता लुम्बिनीलाई भने जित निकै महत्वपूर्ण छ। खेलमा ३ हार र २ जितले मात्र ४ अंक बनाएको छ। हारले भने लुम्बिनीको प्ले अफ यात्रा निकै कठिन बन्नेछ। यदि आज जित निकाले लुम्बिनीको प्ले अफ यात्रा केहि सहज बन्नेछ।
लुम्बिनीले पहिलो खेलमा पोखरालाई हराएर जितबाट सुरुवात गरेको थियो। यसपछि लुम्बिनी लागातार ३ खेलमा सुदूरपश्चिम, काठमाडौं गोर्खाज र कर्णाली याक्स सँग पराजित भएको । त्यसपछि पछिल्लो खेलमा चितवन राइनोजलाई हराएको थियो।
विराटनगर चितवनसँग हार्दा कर्णाली, काठमाडौं, जनकपुर र काठमाडौंलाई हराएको थियो। कर्णाली प्ले अफबाट बाहिरिसकेको छ। सुदूरपश्चिम प्ले अफमा पुगिसकेको छ। बाँकी ३ टोलीका लागि ७ टोली दौडमा छन्।
विराटनगर र लुम्बिनी दुवैले आज एक – एक खेलाडी परिवर्तन गरेका छन्। विराटनगरका साहान जयसुर्याको स्थानमा फाफले खेल्दै छन्। लुम्बिनीका गुलबद्दीन नायबको स्थानमा आज जेजे स्मिथले खेल्दैछन्।


December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]