2 weeks ago
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना लुम्बिनी लायन्सले गर्दैछ।
टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ।
आज विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस खेल्दैछन्। यो सिजन एनपिएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन्। उनको आगमनले विराटनगर थप मजबुत हुने अपेक्षा गरिएको छ।
विराटनगर र लुम्बिनी दुबैको छैटौं खेल हो। ४ जित र १ हार सहित ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आज जितमा विराटनगर प्ले अफमा पुग्नेछ।
यता लुम्बिनीलाई भने जित निकै महत्वपूर्ण छ। खेलमा ३ हार र २ जितले मात्र ४ अंक बनाएको छ। हारले भने लुम्बिनीको प्ले अफ यात्रा निकै कठिन बन्नेछ। यदि आज जित निकाले लुम्बिनीको प्ले अफ यात्रा केहि सहज बन्नेछ।
लुम्बिनीले पहिलो खेलमा पोखरालाई हराएर जितबाट सुरुवात गरेको थियो। यसपछि लुम्बिनी लागातार ३ खेलमा सुदूरपश्चिम, काठमाडौं गोर्खाज र कर्णाली याक्स सँग पराजित भएको । त्यसपछि पछिल्लो खेलमा चितवन राइनोजलाई हराएको थियो।
विराटनगर चितवनसँग हार्दा कर्णाली, काठमाडौं, जनकपुर र काठमाडौंलाई हराएको थियो। कर्णाली प्ले अफबाट बाहिरिसकेको छ। सुदूरपश्चिम प्ले अफमा पुगिसकेको छ। बाँकी ३ टोलीका लागि ७ टोली दौडमा छन्।
विराटनगर र लुम्बिनी दुवैले आज एक – एक खेलाडी परिवर्तन गरेका छन्। विराटनगरका साहान जयसुर्याको स्थानमा फाफले खेल्दै छन्। लुम्बिनीका गुलबद्दीन नायबको स्थानमा आज जेजे स्मिथले खेल्दैछन्।


December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]