default_image

1 week ago

December 3, 2025

लुम्बिनीलाई‌ मध्यम लक्ष्य

453 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनको चुनौती दिएको छ।

टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ रोजे। पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो।

विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस र जर्ज मुन्से आए। तर विराटनगरले सुरूवात खराब गर्यो।

इनिङ्सको दोस्रो बलमा जर्ज मुन्से सेर मल्ललको बलमा आउट भए। विराटनगरले पहिलो विकेट गुमाउँदा रनको खाता खोल्न सकेन। वान डाउनमा लोकेश बम क्रिजमा छिरे। यसअघिका खेलमा लोकेशले ओपनिङ गर्दै आएका थिए।

फाफले प्रहार गरेको २ चौकाको स्तर बेग्लै थियो। तर उनी धेरै बेर क्रिजमा टिक्न सकेनन्। अभिषेश गौतमको बलमा फाप स्ट्पिङ आउट भए। मात्र ९ बल खेल्दै १२ रन बनाएर आउट भए। १५ रन जोड्दा २ विकेट गुमायो। लोकेशलाई साथ दिन साम हेजललेट आए। पावर प्लेमा विराटनगर मात्र ३४ रनमा समेटियो।

त्यसपछिको थप चार ओभरमा विराटनगरले २५ रन मात्र बनाउन सक्यो। १० ओभर सकिंदा ५९ रन मात्र बनाउँदा विराटनगरले रनको लागि संघर्ष गर्यो। तेस्रो विकेटको लागि लोकेश र सामले ५५ रनको साझेदारी गरे।

लोकेश ४० बलमा २ चौका र २ छक्का सहित ३५ रन जोडेर जेके स्मिथद्वारा कट एन्ड बपल्ड भए। उनी आउट हुँदा टोलीले ११.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको थियो।

त्यसपछि १४ औं ओभरमा शेर मल्ले दुई बिकेट लिंदै विराटनगरलाई थप दबाब दिए। ५ रन बनाएका नारायण जोशीलाई एलबिडब्लु धरापमा पारे। लगत्तै हेजललेट शेरकै बलमा दिलिप नाथद्वारा क्याच आउट भए। उनले २० बल खेल्दै १ चौका र २ छक्का सहित २७ रन बनाए। ५ विकेट गुमाउँदा विराटनगरले ८३ रन जोड्यो।

त्यसपछि साझेदारी बन्न सकेन्। प्रतिश जिसी ११ रनमा रन आउट भए । बसिर अहमद १९ बल खेलेर १ चौका र १ छक्का सहित २८ रनमा रूबेन ट्रम्पलम्यानको बलमा आउट भए। मर्चेन्ट डि लाङ्गे अविजित १० रनमा र अन्तिम बलको समान गर्न आएका कप्तान सन्दीप लामिछानेले छक्का प्रहार गरे।

बलिङमा शेरले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिंदै प्रभावशाली प्रदर्शन गरे। यस्तै जेजे स्मिथ, रूबेन ट्रम्पलम्यान र अविशेषले समान १ विकेट लिए।

विराटनगर र लुम्बिनी दुवैले आज एक – एक खेलाडी परिवर्तन गरेका छन्। विराटनगरका साहान जयसुर्याको स्थानमा फाफले खेल्दै छन्। लुम्बिनीका गुलबद्दीन नायबको स्थनमा आज जेजे स्मिथले खेल्दैछन्।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.