default_image

1 week ago

December 3, 2025

विराटनगरलाई हराउँदै लुम्बिनी चौथो स्थानमा

893 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ।

विराटनगर किंग्सलाई आज ५ विकेटले हराउँदै लुम्बिनीले प्ले अफको संभावनालाई केहि सहज बनाएको छ। यो हारमा विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाएको छ।

जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

मध्यम लक्ष्य पछाएको लुम्बिनीले‌ सुरुवात राम्रो गर्न सकेन। ओपनर डार्सी सट र सुमित महर्जनले चौथो ओभरको समाप्तिमा २९ रन जोडे।

तर पाँचौं ओभरमा सुबाश भण्डारी २ महत्वपूर्ण विकेट लिन सफल भए। सुमित पाँचौं ओभरको पहिलो बलमा १० रन जोडेर आउट भए। क्रिजमा कप्तान रोहित पौडेल छिरे। उनी सामना गरेको तेस्रो बलमा डक आउट भए। दुई विकेट गुमाउँदा २९ रन बनाएको लुम्बिनीले पहिलो पावर प्लेमा ४६ रन बनायो।

त्यसपछि १० औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले सन्दीप‌ जोरालाई एलबिडब्लु धरापमा पारे। १५ बलमा ३ चौका र १ छक्का सहित २४ रन जोडेर सन्दीप जोरा आउट भए। १० ओभरको समाप्तिमा लुम्बिनीले ६३ रन जोड्यो।

क्रिजमा टिकेका डार्सीले ३९ बलमा ५ चौका २ छक्का सहित अर्धशतक बनाए। डार्सी र निरोसन डिकवेलाले चौथो विकेटको लागि ४६ रनको साझेदारी गरे। डार्सी ४४ बलमा ५७ रन जोडेर सन्दीपको बलमा आउट भए। जारी एनपिएलमा डार्सीले बनाएको यो व्यक्तिगत उच्च स्कोर हो।

चौथो विकेटको रूपमा डार्सी आउट हुँदा लुम्बिनीलाई ४० बलमा ३३ रन आवश्यक थियो। दीलिप नाथ १६ रनमा बसिर अहमदको बलमा आउट भए।

बलिङमा सन्दीप र सुबाशले समान २ विकेट लिए। दुबैले ४ ओभर बलिङ गरे। सन्दीपले २० र सुबाशले ३० रन दिए।

त्यसअघि टस जितेर लुम्बिनीका कप्तान रोहितले पहिला बलिङ रोजे। पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो।

विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस र जर्ज मुन्से आए। तर विराटनगरले सुरुवात खराब गर्यो।

इनिङ्सको दोस्रो बलमा जर्ज मुन्से शेर मल्लको बलमा आउट भए। विराटनगरले पहिलो विकेट गुमाउँदा रनको खाता खोल्न सकेन। वान डाउनमा लोकेश बम क्रिजमा छिरे। यसअघिका खेलमा लोकेशले ओपनिङ गर्दै आएका थिए।

फाफले प्रहार गरेको दुई चौकाको स्तर बेग्लै थियो। तर उनी धेरै बेर क्रिजमा टिक्न सकेनन्। अभिशेष गौतमको बलमा फाप स्ट्पिङ आउट भए। मात्र ९ बल खेल्दै १२ रन बनाएर आउट भए। १५ रन जोड्दा विराटनगरले २ विकेट गुमायो। लोकेशलाई साथ दिन साम हेजललेट आए। पावर प्लेमा विराटनगर मात्र ३४ रनमा समेटियो।

त्यसपछिको थप ४ ओभरमा विराटनगरले २५ रन मात्र बनाउन सक्यो। १० ओभर सकिंदा ५९ रन मात्र बनाउँदा विराटनगरले रनको लागि संघर्ष गर्यो।

तेस्रो विकेटको लागि लोकेश र सामले ५५ रनको साझेदारी गरे। लोकेश ४० बलमा २ चौका र २ छक्का सहित ३५ रन जोडेर जेके स्मिथद्वारा कट एन्ड बोल्ड भए। उनी आउट हुँदा टोलीले ११.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको थियो।

त्यसपछि १४ औं ओभरमा शेरले २ विकेट लिंदै विराटनगरलाई थप दबाब दिए। ५ रन बनाएका नारायण जोशीलाई एलबिडब्लु धरापमा पारे। लगत्तै साम हेजललेट शेरकै बलमा दीलिप नाथद्वारा क्याच आउट भए। उनले २० बल खेल्दै १ चौका र २ छक्का सहित २७ रन बनाए। ५ विकेट गुमाउँदा विराटनगरले ८३ रन जोड्यो।

त्यसपछि साझेदारी बन्न सकेन । प्रतिश जिसी ११ रनमा रन आउट भए । बसिर अहमद १९ बल खेलेर १ चौका र १ छक्का सहित २८ रनमा रूबेन ट्रम्पलम्यानको बलमा आउट भए। मर्चेन्ट डि लाङ्गे अविजित १० रनमा र अन्तिम बलको सामना गरेका कप्तान सन्दीपले छक्का प्रहार गरे।

बलिङमा शेरले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिंदै प्रभावशाली प्रदर्शन गरे। यस्तै जेजे स्मिथ, रूबेन ट्रम्पलम्यान र अभिशेषले समान १ विकेट लिए।

छैटौं खेलमा तेस्रो जितकासाथ लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। लुम्बिनीसँग ६ अंक पुगेको छ। छैंटौं खेलमा दोस्रो हार बेहोरेको विराटनगरसँग ८ अंक रहेको छ। विराटनगर तेस्रो स्थानमा कायमै रहेको छ।

भोलि दुई खेल हुनेछन्। पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना चितवन राइनोजले गर्नेछ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.