21 hours ago
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।
काठमाडौंको बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक बनाए। पोखराले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बानयो।
काठमाडौंले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन्। ६ ओभरको समाप्तिमा ३१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।
ओपनर आकाश त्रिपाठी गोल्डेन डक आउट हुँदा काठमाडौंले २ रन मात्र बनाएको थियो। आकाश धनन्जय लक्समको बलमा पहिलो ओभरको चौथो बलमा आउट भए।
पाँचौं ओभरको अन्तिम बलमा वान डाउनमा क्रिजमा छिरेका रसिद खानलाई लक्समले नै सन्दीप क्षेत्रीद्वारा क्याच आउट गराए। दोस्रो विकेटको नोक्सानीमा काठमाडौंले २१ रन मात्र बनाएको थियो।
कमजोर सुरुवात गरेको काठमाडौले त्यसपछि पनि निरन्तर विकेट गुमाई नै रह्यो। १३ रन बनाएका मिलिन्द कुमारलाई कुशल भुर्तेलले पबिलियनको बाटो देखाइदिए। १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो।
रन जोड्न संघर्ष गरेको काठमाडौंले साझेदारी समेत गर्न सकेन। जोन सिम्पसन २ बलमा कुशलद्वारा कट एन्ड बोल्ड भए। लगत्तै आदिल अलामलाई किरण ठगुन्नाले ७ रनमा आउट गरे। ७ रन बनाएर आदिल आउट हुँदा काठमाडौंले ७९ रन जोडेर संघर्ष गरिरहेको थियो।
ओपनर चाल्सवर्थले ४८ बल खेल्दै ४ चौका र १ छक्का सहित अर्धशतक बनाए। १५ ओभरको समाप्तिमा काठमाडौंले ९९ रन बनायो। तर यसपछि भीमले विष्फोटक ब्याटिङ गर्दै काठमाण्डौको योगफल बढाए। भीमले १९ बलमा नै ५ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे।
भीमसँग छैटौं विकेटको लागि ७६ रनको उत्कृष्ट साझेदारी गरेका चाल्सवर्थ विपिन खत्रीको बलमा ६४ रनमा आउट भए। उनले ५५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। उनी नै काठमाडौंको सर्वाधिक रन बनाउने खेलाडी बने।
उनी आउट हुँदा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो। त्यसपछि भीम २३ बलमा ५५ रनमा धनन्जयको बलमा आउट भए। करण केसी ४ रनमा आउट भए। अन्तिम ५ ओभरमा काठमाडौंले ६५ रन जोडेर प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
बलिङमा लक्समले ४ ओभरमा १ मेडन सहित १६ रन दिएर सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। जितले काठमाडौं प्ले अफमा पुग्नेछ।
आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना चितवन राइनोजले गर्नेछ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]