19 hours ago
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साहब आलमले ह्याट्रिक सहित ६ विकेट लिएपछि दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गरेको छ ।
पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदा काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बन्यो। काठमाडौंको जितमा साहबको ह्याट्रिकसहित ६ विकेट तथा बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक प्रमुख बन्यो। पोखराको भने प्ले अफ यात्रा कठिन बनेको छ।
जितको लागि १ सय ६६ रनको चुनौती पछाएको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा रोकियो।पोखराले सुरुवात खराब गर्यो। ५ रन बनाएका एडम रोसिङ्गटन सनि पटेलको बलमा आउट भए।
७ रन बनाएको पोखराले दोस्रो विकेट २८ रन जोड्दा गुमायो। आश गरिएका जेशन रोए १६ रनमा साहबको बलमा बोल्ड आउट हुन पुगे। पहिलो पावर प्लेमा पोखराले ३७ रन मात्र बानयो।
विकेट पतनको सिलसिला कायमै रहँदा त्रित राज जोशी ९ रनमा सनि पटेलको बलमा र ओपनर तथा कप्तान कुशल भुर्तेल २२ रनमा करण केसीको बलमा आउट भए। ५५ रन बनाउँदा ४ विकेट गुमाएसँगै पोखरा दबाबमा आयो।
१० ओभरमा ६७ रन बनाएको पोखरालाई यसपछि अन्तिम १० ओभरमा जितको लागि ९९ रन आवश्यक थियो। क्रिजमा धनन्जय र ऋषि धवन थिए।
१५ ओभरमा १ सय १४ रन जोड्दा पोखरालाई अन्तिम ३० बलमा ५२ रन बनाउनुपर्ने थियो। यी दुईले पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गर्दै आशा दिलाएका थिए।
तर १७ औं ओभरमा करणले लक्समलाई आउट गरे। लक्सम ३० रनमा आउट भए। मिलिन्दले उत्कृष्ट क्याच लिए। उनी आउट हुँदा पोखराले १ सय ३१ रन बनाएको थियो। किरण ठगुन्ना क्रिजमा छिरे।
अन्तिम १८ बलमा ३१ रन जरूरी हुँदा खेल रोमाञ्चक बन्यो। यो स्थितिमा क्रिजमा किरण ५ रनमा साहबको बलमा मिलिन्द्वारा नै क्याच आउट भए। ऋषिले २७ बलमा ३ चौका र २ छक्का सहित अर्धशतक बनाए।
पोखरालाई अन्तिम १२ बलमा जितको लागि २५ रन जरूरी थियो। १९ औं ओभरमा करणको बलिङमा ५ रन मात्र बनायो। अन्तिम ओभरमा २० रन बनाउने चुनौती पोखरालाई थियो।
तर साहबको पहिलो बलमा ऋषि मिलिन्दद्वारा क्याच आउट हुँदा पोखरा हार नजिक बन्यो। ऋषि टिमको लागि ३१ बलबाट सर्वाधिक ५४ रन जोडेर आउट भए। दोस्रो बलमा विपिन गोल्डेन डक आउट भए। यसपछि साहबले आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक विकेट लिए। यो एनपिएकै पहिलो ह्याट्रिक विकेट हो।
बलिङमा साहबले ४ ओभर बलिङ गर्दै २५ बल दिएर ६ विकेट लिए। यो सिजन ६ विकेट लिने उनी पहिलो खेलाडी बने। करण र सनीले २/२विकेट लिए।
त्यसअघि पोखराले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बानयो।
काठमाडौंले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन्। ६ ओभरको समाप्तिमा ३१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।
ओपनर आकाश त्रिपाठी गोल्डेन डक आउट हुँदा काठमाडौंले २ रन मात्र बनाएको थियो। आकाश धनन्जय लक्समको बलमा पहिलो ओभरको चौथो बलमा आउट भए।
पाँचौं ओभरको अन्तिम बलमा वान डाउनमा क्रिजमा छिरेका रसिद खानलाई लक्समले नै सन्दीप क्षेत्रीद्वारा क्याच आउट गराए। दोस्रो विकेटको नोक्सानीमा काठमाडौंले २१ रन मात्र बनाएको थियो।
कमजोर सुरुवात गरेको काठमाडौले त्यसपछि पनि निरन्तर विकेट गुमाई नै रह्यो। १३ रन बनाएका मिलिन्द कुमारलाई कुशल भुर्तेलले पबिलियनको बाटो देखाइदिए। १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो।
रन जोड्न संघर्ष गरेको काठमाडौंले साझेदारी समेत गर्न सकेन। जोन सिम्पसन २ बलमा कुशलद्वारा कट एन्ड बोल्ड भए। लगत्तै आदिल अलामलाई किरण ठगुन्नाले ७ रनमा आउट गरे। ७ रन बनाएर आदिल आउट हुँदा काठमाडौंले ७९ रन जोडेर संघर्ष गरिरहेको थियो।
ओपनर चाल्सवर्थले ४८ बल खेल्दै ४ चौका र १ छक्का सहित अर्धशतक बनाए। १५ ओभरको समाप्तिमा काठमाडौंले ९९ रन बनायो। तर यसपछि भीमले विष्फोटक ब्याटिङ गर्दै काठमाण्डौको योगफल बढाए। भीमले १९ बलमा नै ५ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे।
भीमसँग छैटौं विकेटको लागि ७६ रनको उत्कृष्ट साझेदारी गरेका चाल्सवर्थ विपिन खत्रीको बलमा ६४ रनमा आउट भए। उनले ५५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। उनी नै काठमाडौंको सर्वाधिक रन बनाउने खेलाडी बने।
उनी आउट हुँदा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो। त्यसपछि भीम २३ बलमा ५५ रनमा धनन्जयको बलमा आउट भए। करण ४ रनमा आउट भए। अन्तिम ५ ओभरमा काठमाडौंले ६५ रन जोडेर प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
बलिङमा लक्समले ४ ओभरमा १ मेडन सहित १६ रन दिएर सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए।
यो जितमा १० अंक सहित काठमाडौं प्ले अफमा पुगेको छ। काठमाडौंले लिग चरणको सबै खेल सकाउँदा ५ जित र २ हार सहित १० अंक जोडेको छ। पोखराले ६ खेलमा मात्र ४ अंक बनाएको छ।
आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना चितवन राइनोजले गर्नेछ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]