default_image

19 hours ago

December 4, 2025

चितवनविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

437 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा‌ पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा यथावत छ। चितवन ५ खेलमा २ जित ३ हारका साथ ४ अंक लिएर छैंटौं स्थानमा छ।

सुदूरपश्चिमले ३ र चितवनले अघिल्लो खेलका २ खेलाडी परिवर्तन गरेको छ। सुदूरपश्चिमले ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा, पुनित मेहेरा र दीपक बोहोरालाई अवसर दिएको छ । चितवनले रिजन ढकाल र जर्ज स्क्रिमसलाई खेलाएको छ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.