2 hours ago
December 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा यथावत रहेको छ।
फिफाको सोमवार जारी गरेको डिसेम्बरको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल स्थानमा कायम छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा छ। अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान झरेको थियो।
पछिल्लो वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको थियो। अहिले पनि बंगलादेश सोही स्थानमा छ। साफ सदस्य राष्ट्र सबैको वरीयता परिवर्तन भएको छैन। भारत १ सय ४२ औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ।
साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा छ। अब नेपाल भन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान छन्।
फिफा वरीयताको शीर्ष १० स्थान यथावत रहेको छ। स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छ।
साफ सदस्य राष्ट्रको फिफा वरीयता
भारत- १४२
माल्दिभ्स -१७३
बंगलादेश- १८०
नेपाल – १८२
भुटान -१९२
श्रीलंका – १९४
पाकिस्तान – १९९
December 22, 2025
एजेन्सी – बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई २-० ले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता पुनः कायम गरेको छ। एस्टाडियो दे ला सेरामिकामा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र लामिन यामालले गोल गरे। प्रशिक्षक हान्सी फ्लिकको टोलीले सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको थियो। खेलको १२औँ मिनेटमै बार्सिलोनाले अग्रता लियो। सान्ती कोमेसानाले आफैलाई […]
December 22, 2025
एजेन्सी – मोर्गन रोजर्सले दुई उत्कृष्ट गोल गरेपछि एस्टन भिल्लाले प्रिमियर लिगमा आइतवार म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ। भिल्ला यो जितसँगै क्रिसमसअघि लिगको शीर्ष टोली आर्सनल भन्दा ३ अंक मात्र पछाडि रहेको छ।यो जित एस्टन भिल्लाको सबै प्रतियोगितामा लगातार १०औँ जित हो। प्रिमियर लिगमा लगातार ७ खेल जितेको यो पहिलो पटक हो। भिल्लाले यो […]
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]