2 hours ago
December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमा आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका आज साविक गरेको छ।
नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।
१० राष्ट्रको सहभागितामा नेपालले जनवरी १४ देखि फेब्रुअरी १ सम्म (पुस ३० देखि माघ १८ गते ) छनोट सन्चालन हुनेछ। प्रतियोगिताका खेल कीर्तिपुरस्थित टियय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुनेछन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।

नेपालले पुस ३० गते (जनवरी १४) आयरल्यान्डसँग तल्लो मूलपानी र माघ २ गते (जनवरी १६) अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्नेछ ।
त्यसपछि ग्लोबल छनोटमा नेपालले माघ ४ गते (जनवरी १८ ) थाइल्यान्ड, माघ ८ गते ( जनवरी २२ ) नेदरल्यान्ड्स, माघ १० गते (जनवरी २४) जिम्बावे तथा समूह चरणको अन्तिम खेल माघ १२ गते ( जनवरी २६ ) स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले महिला टि ट्वान्टी विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो । क्यानले छनोटका लागि दोस्रो चरणका लागि २० सदस्यीय खेलाडी छनोट गरिसकेको छ भने आज राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसँग पत्रकार सम्मेलन राखेको छ।
छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन्।

December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीको टोलीले पोखराका विभिन्न टोलीसँग ८ वटा टि ट्वान्टी क्रिकेट खेल्ने भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेको वान डे क्रिकेट एकेडेमीले बुधवारदेखि खेल खेल्नेछ। वान डेका अनुसारकास्की क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी र सेन्ट्रल क्रिकेट एकेडेमीसँग टि ट्वान्टी खेल हुनेछ। यो क्रिकेट सिरिजले खेलाडीको प्रतिभा देखाउने मात्र नभई भविष्यमा […]
December 22, 2025
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्व कपका लागि भारतीय क्रिकेट टोलीमा पर्न असफल भएका शुभमन गिलले पञ्जाबबाट घरेलु एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी खेल्ने भएका छन्। शुभमन, अभिषेक शर्मा र अर्शदीप सिंहसहित पञ्जाबले १८ सदस्यीय टोली घोषणा गरेको छ। पञ्जाबले प्रतियोगितामा आफ्नो पहिलो खेल डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्नेछ। टोलीमा यी ३ भारतीय खेलाडीका साथै […]
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]