9 years ago
March 20, 2017
राँची (एजेन्सी)– सन मार्श र पिटर ह्यान्ड्सकमको धर्यतापूर्वक साझेदारी गरेपछि अस्ट्रेलियाले तेस्रो टेस्ट क्रिकेटमा भारतलाई बराबरीमा रोक्न सफल भएको छ । ४ टेस्टको श्रृखंलाको पहिलो टेस्टमा अस्ट्रेलिया र दोस्रो टेस्टमा भारत विजयी भएको थियो ।

तेस्रो टेस्टको अन्तिम दिन मंगलबार मार्श र ह्यान्ड्सकमले पाँचौं विकेटका लागि १ सय २४ रन साझेदारी गरेपछि भारतको सम्भावित जित टरेको थियो । अस्ट्रेलियाले दोस्रो इनिङ्समा ६ विकेट गुमाउदै २ सय ४ रन बनाएको अवस्थामा पाँचौ दिनको खेल टुंगिएको थियो ।
पहिलो इनिङ्समा अस्ट्रेलियाले ४ सय ५१ र भारतले ६ सय ३ रन बनाएको थियो । दोस्रो इनिङ्समा १ सय ५२ रनले पछि परेको अवस्थामा अस्ट्रेलियाले कप्तान स्टेभन स्मिथलाई गुमाउदा ६३ रन मात्र बनाएको थियो । तर १ सय ९७ बलको सामना गर्दै मार्शले ५३ रन र २ सय खेल्दै ह्यान्ड्सकमले ७२ रन जोडेपछि अस्ट्रेलियाको सम्भावित हार जोगिएको थियो ।
बलिङमा भारतका रविन्द्र जडेजाले ४ तथा रविचन्द्रन अश्विन र इशान्त शर्माले समान १ विकेट लिए । पहिलो इनिङ्समा कप्तान स्मिथले अविजित १ सय ७८ रन र ग्लेन म्याक्सवेलको १ सय ४ रन जोडेपछि अस्ट्रेलिया ४ सय ५१ रन बनाएको थियो । भारतका लागि जडेजाले ५ र उमेश यादवले ३ विकेट लिएका थिए ।
चेतेश्वर पुजाराको दोहोरो शतक (२०२) र ऋद्दिमान शाहको १ सय १७ रनको मद्दतमा ६ सय ३ रन बनाउँदै पहिलो इनिङ्स समाप्तीको घोषणा गर्दा भारतले १ सय ५२ रनको अग्रता लिएको थियो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]