default_image

9 years ago

March 25, 2017

निर्णायक टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलिया ३ सय रनमा अलआउट

189 views

0 Bookmark

धर्मशाला (एजेन्सी) – भारतबिरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमा अस्ट्रेलियाको पहिलो इनिङ्स ३०० रनमा सिमित भएको छ । कुलदिप यादवको ४ विकेटको मद्धतले भारतले निर्णायक टेस्टमा राम्रो सुरुवात गरेको हो ।

Matthew Wade

हिमाञ्चल प्रदेश एसोसिएसन क्रिकेट स्टेडियम धर्मशालामा शनिबार बाट शुरु भएको चौथो तथा अन्तिम टेष्टको पहिलो दिन नै अष्ट्रेलिया ३ सय रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले शतकीय इनिङ्स खेले । उनको यो खेल जीवनको २० औं टेष्ट शतक हो । स्मिथको यो शतक भारतविरुद्ध खेलिएको पछिल्ला ८ टेष्टमा सातौ हो । १ सय ७३ बलको सामना गरेका स्मिथ १ सय ११ रन बनाएको अवस्थामा रविचन्द्रन आश्विनको बलमा अजिन्क्या रहानेबाट क्याच आउट भए ।

१० रनको स्थितिमा पहिलो विकेटको रुपमा ओपनर म्याट रेन्सा एक रनमा लाई गुमाएको अष्ट्रेलियाका लागि म्याथ्यु वेडले ५७ तथा डेभिड वार्नरले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । पाट कमिन्स २१ तथा नाथन लियोन १३ रनमा आउट हुदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको योगफल छुन सकेन ।

भारतका लागि कुलदिप यादवे चार तथा उमेश यादवले दुई विकेट लिए । भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए । शनिबारै भारतले पहिलो इनिङ्स शुरु गरेको छ । एक अ‍ोभर खेल्दा भारतले रन जोड्न सकेको छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.