8 years ago
March 25, 2017
बेलबारी (हाम्रो खेलकुद) – मोरङको बेलबारीमा आयोजनामा पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । बेलबारी क्रिकेट क्लबको आयोजनामा ११ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वाञ्चलका १६ वटा टोलीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा बिसिसी दमक, विराटनगर इन्भिन्सीवल,सुनसरी युथ क्लब इनरुवा, होराईजन किक्रेट क्लब विराटनगर, युनाईटेड किक्रेट क्लब बिर्तामोड, वाईसिसी क्रिकेट क्लब विराटनगर,सप्तरी ११ राजविराज, इलाम किक्रेट एकेडेमीको सहभागिता रहनेछ ।
त्यस्तै इष्र्टन बुलेट किक्रेट क्लब, दुहवी,विरेन्द्रनगर किक्रेट क्लब पथरी शनिश्चरे, बेलबारी क्रिकेट क्लब बेलबारी, इन्द्रपुर किक्रेट क्लब सुन्दरहरैचा, पथरी ११ पथरीशनिश्चरे, लर्डबुद्ध क्रिकेट एकेडेमी काकडभिट्टा, इटहरी किक्रेट एकेडेमी इटहरी र सिभिसी चन्द्रगढी झापाले प्रतियोगितामा भाग लिने आयोजक क्लबका अध्यक्ष बिपिन आचार्यले जानकारी दिए ।
पुरस्कार
विजेता – ५१ हजार रुपैयाँ
उपविजेता – ३१ हजार रुपैयाँ
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी – ५ हजार १ सय रुपैयाँ
प्रतियोगिताका उत्कृष्ट बलर – ३ हजार १ सय रुपैयाँ
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान – ३ हजार १ सय रुपैयाँ
हरेक खेलको म्यान अफ दी म्याच – १ हजार १ सय रुपैयाँ
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटको रोमाञ्चक जितका साथ काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]