default_image

10 years ago

October 3, 2015

राखेपले क्यान सँग स्पष्टिकारण माग्यो

187 views

0 Bookmark

काठमाडौं, असोज १६ गते ।

राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ ।

 

अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा सहित आज राष्ट्रिय खेलकुद परिषदले क्यान संग स्पष्टीकरण मागेको हो ।

राष्ट्रिय टिमका खेलाडी हरुबाट बारम्बार क्रिकेट संघको बिरुद्ध गुनासोहरु आइरहेकोले पनि आफुहरुले बाध्य भएर लिखित स्पष्टीकरण माग गरेको राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिब केशब विष्टले जानकारी दिनुभएको छ । यसअघि केहि दिन अगाडी मात्र राष्ट्रिय टिमका खेलाडीहरु संगको छलफल पछि सदस्य सचिब विष्टले केहि समय भित्रै क्यान पुर्नगठन गर्ने तयारीमा रहको जानकारी समेत दिनुभएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.