9 years ago
April 1, 2017
पोर्ट अफ स्पेन (एजेन्सी) – पाकिस्तानी खेलाडी अहमद शेहजाद वेस्ट इन्डिजविरुद्धको खेलमा घाटीमा चोट लागेपछि गम्भीर घाइते भएका छन् । उनि अचेत भएपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

वेस्ट इन्डिजसँगको चार टि ट्वान्टी खेलको सिरिजको दोस्रो खेलको चौथो ओभरमा बलिंग गरेका सोहिल तन्भिरको अन्तिम बलमा मार्लोन स्यामुयल्सको प्रहारमा १ रन रोक्न्ने प्रयासमा शेहजाद अर्का ब्याट्सम्यान चाडविक वाल्टनसँग ठोक्किदै ढलेका थिए । शेहजादको घाटी वाल्टनको ब्याटिंग प्याडमा ठोक्किएपछि उनी लडेका थिए ।
पाकिस्तानका फिजियो शेन हायेसका अनुसार शेहजाद अचेत भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उनलाई एम्बुलेन्समा फिल्डबाट हस्पिटलतर्फ लागिएको थियो । शेहजादको स्वस्थ अवस्थाको बारेमा बिस्तृत जानकारी भने आउन बाँकी छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]